२०८३, २ आश्विन शनिबार

संविधानले सामाजिक न्यायलाई सुनिश्चित गरेको छ : मन्त्री बाँस्कोटा

संविधानले सामाजिक न्यायलाई सुनिश्चित गरेको छ : मन्त्री बाँस्कोटा


विराटनगर, १ असोज: सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधानले जनताका सुरक्षा, सम्मान र सामाजिक न्यायलाई सुनिश्चित गरेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले परिवर्तनका लागि जोखिमपूर्ण यात्राबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नुको विकल्प छैन भन्नुभयो ।

मन्त्री बाँस्कोटाले संविधानलाई कार्यान्वयनमा ल्याउन जनता बढी जागरुक हुुनुपर्ने भन्दै विभिन्न जातजाति, भाषा, संस्कृतिका भन्दा सबैका साझा पर्व संविधान दिवस हो भन्नुभयो । उहाँले नेपाली जनताका भविष्य र सपनालाई अुनबन्धित एवं सुनिश्चित गरेको यो संविधान दिवसले देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायलाई स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संविधान दिवस २०७६ विशेष रुपमा मनाउन सरकारबाट आह्वान भइसकेको चर्चा गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रलाई सबलीकरण गर्ने सञ्चारमाध्यम सधैँ जागरुक हुनुपर्ने बताउनुभयो । वर्तमान प्रणालीलाई बलियो बनाई आर्थिक र सामाजिक रुपान्तरणमा गति दिन सबैलाई आग्रह गर्दै मन्त्री बाँस्कोटाले संविधान कुनै दल विशेषको मात्र नभएर सबैको हो स्पष्ट पार्नुभयो ।

उहाँले नागरिक गुनासोलाई स्वाभाविक रुपमा लिएको चर्चा गर्दै सरकार मन परेन भने व्यवस्थालाई कमजोर पार्ने काम सह्य नहुने बताउनुभयो । सामन्ती व्यवस्थालाई पराजित गरेर स्थापना गरिएको यो व्यवस्थाको रक्षा जनताले नै गर्ने धारणा राख्दै मन्त्री बाँस्कोटाले सरकार दिगो विकासका लागि योजनाबद्ध भएर अघि बढिरहेको छ भन्नुभयो ।

उहाँले रोजगारी सिर्जना गर्न उत्पादन बढाउनुपर्ने भन्दै सुदृढ अर्थतन्त्रको जग बसाल्न वर्तमान सरकारले शुरु गरिसकेको विचार व्यक्त गर्नुभयो । उहाँले विगतको भन्दा अहिले निर्यात बढेको दावी गर्दै सरकार सबै राष्ट्रसँगको सम्बन्धलाई सुदृढ र विकसित गरेको छ भन्नुभयो । अहिले मुलुकमा समृद्धिको यात्रालाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुरु गर्नुभएको स्मरण गराउँदै एक वर्षमा एक हजार मेघावाट बिजुली वृद्धि भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ६ : ४३ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी