२०८२, १२ माघ सोमबार

एनसेल प्रकरण संसद्ले छानबिन गर्नुपर्छ स् अध्यक्ष थापा

एनसेल प्रकरण संसद्ले छानबिन गर्नुपर्छ स् अध्यक्ष थापा


काठमाडौँ, १ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणले आर्थिक रूपमा देशलाई ठूलो नोक्सान पु¥याएकाले संसद्ले छानबिन गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष थापाले देशमा ठूलाठूला भ्रष्टाचार काण्डलाई संसद्ले छानबिन गर्न सक्ने बताउँदै कार्यपालिका र न्यायपालिकाले न्याय दिन उदासिन भएको अवस्थामा अव संसदमाथि आशा र भरोसा गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त प्रकरण ठूलो भ्रष्टाचारको काण्ड भएको बताउँदै उहाँले उक्त काण्डमा रु ४० अर्बको कर छली भएकाले त्यसको निराकरण गर्न सके देशमा लागेका भ्रष्टाचारका सबै धमिरा अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । राज्य व्यवस्था, संरचना र संयन्त्रमा क्रमशः धमिरा लाग्दै गएको बताउँदै उहाँले ती भ्रष्टाचार काण्डको विषयमा सशक्त रूपमा सदनमा उठाउने, सङ्घर्ष र आन्दोलनको रुपमा समेत लैजाने बताउनुभयो ।

ठूला प्रशासक, ठूला व्यापारी र प्रमुख राजनीतिक दलको संरक्षणमा भएको उक्त प्रकरणमा सर्वोच्च अदालत समेतले त्रुटिपूर्ण फैसला गरी न्याय मारेको उहाँले आरोप लगाउनुभयो । दसैँपछि देशभर सङ्गठन सुदृढीकरणका साथै वाइडबडी, बालुवाटार जग्गा प्रकरणलगायत विषयमा भएका भ्रष्टाचार विरुद्ध सङ्घर्षका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ६ : १७ बजे

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी