२०८३, १० भाद्र बिहीबार

सुत्केरीको मृत्युपछि अस्पतालमा तालाबन्दी

सुत्केरीको मृत्युपछि अस्पतालमा तालाबन्दी


सिन्धुली, ३१ भदौ : दुधौली नगरपालिकाको स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्तले आज तालाबन्दी गरेका छन् । स्वास्थ्यकर्मीको लापरवाहीका कारण सुत्केरीको ज्यान गएको आरोप लगाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् ।

दुधौली नगरपालिका–२ रतनपुरकी २१ वर्षीया अनुषा कुमरलाई व्यथा लागेपछि सोमबार दुधौली नगरपालिका–१ हतपतेस्थित स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । उनले भर्नालगत्तै छोरी जन्माएकी थिइन् । अत्यधिक रक्तस्राव भएपछि समयमै चिकित्सकसँग सल्लाह गरिएको अनुषाका आफन्त सुकदेव अधिकारीले बताउनुभयो ।

“चिकित्सकले यहीँ ठिक हुन्छ भनेपछि हामी ढुक्क भयौँँ”, उहाँले भन्नुभयो । रातिसम्म रक्तस्राव नरोकिएपछि अनुषालाई चिकित्सकले उपचारका लागि अन्यत्र लैजान आफन्तसँग आग्रह गरेका थिए । उपचारका लागि बर्दिवास लैजाने क्रममा राति अनुषाको बाटोमै ज्यान गएको हो ।

“समयमै अन्यत्र लैजान सुझाव दिएको भए सुत्केरीलाई बचाउन सकिन्थ्यो”, अधिकारीले भन्नुभयो, “चिकित्सको लापरवाहीले ज्यान गयो ।” बिरामीका आफन्त र स्थानीयवासीले घटनाबारे छानबिन गर्न माग गरेका छन् । उनीहरुले स्वास्थ्य चौकीमा तालबन्दी गरेपछि सेवा प्रभावित भएको छ । रासस

प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलबार  ९ : २४ बजे

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

बाढीमा परेकाहरूको खोजी र उद्धार तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि चिनियाँ

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ