२०८३, ७ कार्तिक शनिबार

सुत्केरीको मृत्युपछि अस्पतालमा तालाबन्दी

सुत्केरीको मृत्युपछि अस्पतालमा तालाबन्दी


सिन्धुली, ३१ भदौ : दुधौली नगरपालिकाको स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्तले आज तालाबन्दी गरेका छन् । स्वास्थ्यकर्मीको लापरवाहीका कारण सुत्केरीको ज्यान गएको आरोप लगाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् ।

दुधौली नगरपालिका–२ रतनपुरकी २१ वर्षीया अनुषा कुमरलाई व्यथा लागेपछि सोमबार दुधौली नगरपालिका–१ हतपतेस्थित स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । उनले भर्नालगत्तै छोरी जन्माएकी थिइन् । अत्यधिक रक्तस्राव भएपछि समयमै चिकित्सकसँग सल्लाह गरिएको अनुषाका आफन्त सुकदेव अधिकारीले बताउनुभयो ।

“चिकित्सकले यहीँ ठिक हुन्छ भनेपछि हामी ढुक्क भयौँँ”, उहाँले भन्नुभयो । रातिसम्म रक्तस्राव नरोकिएपछि अनुषालाई चिकित्सकले उपचारका लागि अन्यत्र लैजान आफन्तसँग आग्रह गरेका थिए । उपचारका लागि बर्दिवास लैजाने क्रममा राति अनुषाको बाटोमै ज्यान गएको हो ।

“समयमै अन्यत्र लैजान सुझाव दिएको भए सुत्केरीलाई बचाउन सकिन्थ्यो”, अधिकारीले भन्नुभयो, “चिकित्सको लापरवाहीले ज्यान गयो ।” बिरामीका आफन्त र स्थानीयवासीले घटनाबारे छानबिन गर्न माग गरेका छन् । उनीहरुले स्वास्थ्य चौकीमा तालबन्दी गरेपछि सेवा प्रभावित भएको छ । रासस

प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलबार  ९ : २४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना