२०८३, ९ श्रावण आईतबार

नेपाल एशियन टेबुलटेनिसको फाइनलमा

नेपाल एशियन टेबुलटेनिसको फाइनलमा


काठमाडौँ, ३० भदौ :  इन्डोनेसियाको जाकर्ता शहरमा जारी २४ औँ एशियन टेबुलटेनिस च्याम्पियनसीप–२०१९ मा नेपाली महिला टोली फाइनलमा प्रवेश गरेको छ ।

नेपाली टोलीका व्यस्थापक धर्ममान बज्राचार्यका अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टोलीले लिग कम नकआउटका आधारमा भएको पहिलो खेलमा जोर्डनलाई र दोस्रो खेलमा तुर्कमेनिस्तानलाई समान ३–० को सेटमा पराजित गर्दै फाइनलको यात्र तय गरेको हो ।

नेपाली महिला टोली लिग चरणमा मकाउ र इरानसंँग समान ३–० ले नै पराजित भएको थियो । यस्तै पुरुष टोलीले पनि तुर्कमेनिस्तानमाथि ३–१ को जित निकालेको छ । जसमा स्यान्टु श्रेष्ठले दुई र संयोग कपालीले एक खेल जितेका थिए । अमरलाल मल्ल भने पराजित भएका थिए । मेन्स टिम इभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाइल्याण्डसँग ३–० को सेटमा पराजित भएको छ । रासस

प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार  ९ : ३९ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा