२०८२, २४ भाद्र मंगलबार

नागरिक लगानी कोषले २२ प्रतिशत शेयर लाभांश दिने

नागरिक लगानी कोषले २२ प्रतिशत शेयर लाभांश दिने


काठमाडौँ, ३० भदौ : नागरिक लगानी कोषले आफ्ना शेयरधनीलाई २२ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत नगद लाभांश दिने भएको छ । कोषको आज यहाँ सम्पन्न २४औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारणभाले आर्थिक वर्ष २०७४÷७५ को आयव्ययसमेत पारित गरेको छ । साधारणसभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा डा रामचन्द्र भट्टराईले आव २०७४÷७५ को प्रतिवेदन पेश गर्नुभयो ।

कोषले हालसम्म प्राप्त गरेका उपलब्धि र भावी योजनामा समावेश गरिएका कार्यक्रमको बारेमा जानकारी दिँदै उहाँले कोषको बचत परिचालन, लगानी व्यवस्थापन, पूँजी बजार सेवा, बँैक तथा वित्तीय संस्थामा रहेको निक्षेप असूली, लगानी नीति २०७५ को बारेमा बताउनुभएको थियो ।

उहाँले आम नागरिकलाई समेट्ने गरी नयाँ बचत कार्यक्रम ल्याउन कोष क्रियाशील रहेको रहेको र लगानी नीति २०७५ ले कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाएको उल्लेख गर्नुभयो । कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषलाई थप व्यावसायिक र पारदर्शी बनाएर लैजाने बताउनुभयो । सभाले लेखापरीक्षको प्रतिवेदनसहितको २०७५ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ ।

प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार  ९ : २४ बजे

सुजन कडरियाले अखिल अध्यक्ष पदबाट दिए राजीनामा,

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी

काठमाडौं । देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन राजधानी

प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि कलंकीमा गोली चल्यो

काठमाडौं । काठमाडौको कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड

रौतहटमा जेनजी युवाको प्रदर्शन, टायर बालेर सडक अवरुद्ध

रौतहट । सोमबारको सरकारी दमनको विरोधमा जेनजी युवाहरुले मंगलबार बिहानदेखि

काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा कर्फ्यू आदेश

काठमाडौं । जेनजी आन्दोलन उग्र बनेपछि काठमाडौं, ललितपुर र भक्तपुरका