२०८२, २३ कार्तिक शनिबार

काङ्ग्रेसले अवरोध गरेपछि तिनिधिसभाको आजको बैठक स्थगन

काङ्ग्रेसले अवरोध गरेपछि तिनिधिसभाको आजको बैठक स्थगन


काठमाडौँ, ३० भदौ  : नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरणका क्रममा बाँकेमा भएको घटनालाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदबीच प्रतिनिधिसभामा आरोप–प्रत्यारोपपछि बैठक स्थगन भएको छ ।

सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सासद् पुष्पा भुसाललाई बोल्न समय दिनुभयो ।

बोल्न अनुमति पाएपछि सांसद भुसालले बाँके घटनामा संलग्न विरुद्ध परेको किटानी जाहेरीअनुरुप दोषीलाई हदैसम्मको कारवाहीका लागि सभामुखबाट निर्देशन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “किटानी जाहेरी परेका व्यक्तिलाई कानूनी कारवाही प्रभावकारीरुपमा अघि बढाओस्, दोषी कारवाहीको भागेदार भएको हामीले देख्न र सुन्न पाउनुपर्छ, अपराधीले दण्ड पाउनुपर्छ, पीडितले न्याय पाउनु प¥यो ।”

बाँके घटनाका दोषीलाई कारवाही गर्न माग राखेर प्रमुख प्रतिपक्षले आइतबारको प्रतिनिधिसभाको पनि अवरुद्ध गरेको थियो । नेपाली काङ्ग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण कार्यक्रममा किरण कोइराला, विद्यापति कोइरालालगायत गम्भीर घाइते भएका जनाउँदै सांसद भुसालले भन्नुभयो, “हाम्रो राजनीतिक कार्यक्रममा गैरराजनीतिक क्रियाकलाप भयो ।”

संविधान, मानवअधिकार, सुशासन, संविधानवादको पक्षमा नेपाली काङ्ग्रेस सधैँ अडिक रहेको उल्लेख गर्दै उहाँले कानूनी शासन कायम गर्न किटानी जाहेरी दर्ता गराउने सन्दर्भमा गम्भीरता नदेखाइएका कारण संसद् अवरुद्ध गर्नु परेको बताउनुभयो । उहाँले मन्तव्य सक्नासाथ नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले प्रमुख प्रतिपक्षले आरोप लगाए जस्तो बाँके घटना नभएको भनी काङ्ग्रेसका सांसदको भनाइको प्रतिवाद गर्नुभयो । त्यसपछि प्रतिपक्षका सांसदले आसनबाट उठेर विरोध जनाउनुभएको थियो ।

सांसद रोकाले भन्नुभयो, “विपक्ष आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्न तयार छौँ, सत्य भनेको सत्य नै हो सत्यलाई हामी स्वीकार गछौँ, असत्य स्वीकार गरिन्न ।” विरोधका बाबजुद सांसद रोक्काले आफ्नो भनाइलाई निरन्तरता दिएपछि प्रतिपक्षका सांसदले ‘वेल’मा गएर नाराबाजी गर्नुभएको थियो ।

प्रतिपक्षबाट नाराबाजी भइरहँदा सभामुख महराले भन्नुभयो, “तपाईहरुले उठाउनुभएको विषयमा ध्यानाकर्षण भएको छ, प्रतिपक्षले उठाएको विषयमा म सरकारलाई केही भन्न चाहन्छु, आ–आफ्नो स्थानमा बसेर सदन सुचारु गर्न सहयोग पु¥याउन आग्रह गर्नुभयो ।” प्रतिपक्षले निरन्तर ३५ मिनेट नाराबाजी गरेपछि सभामुखले आजको बैठक स्थगन गरेको घोषणा गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज १ गते बिहान ११ः०० बजे बस्नेछ । रासस

प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार  ६ : ०० बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा