२०८२, ३ माघ शनिबार

अस्पतालमा आगलागी हुँदा दशको मृत्यु

अस्पतालमा आगलागी हुँदा दशको मृत्यु


रियो दि जेनेरियो, २७ भदौ: ब्राजिलको रियो दि जेनेरियोमा रहेको एउटा अस्पतालमा भएको आगलागीमा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । अग्नि नियन्त्रक अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार राति आगलागी भएपछि अन्य विरामीलाई अन्यत्र सारिएको छ ।

“आगलागीको घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ,” रियो दि जेनेरियो अग्नि विभागद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्य अनुसार आगलागी भएको अस्पतालका विरामीहरूलाई उत्तरी सहरमा रहेको बादिम अस्पतालमा लगिएको छ ।

अस्पतालको पुरानो भवनमा रहेको जेनेरेटरमा आएको समस्याका कारण आगलागी भएको प्रारम्भिक विवरण आएको छ । आगालागीबाट पीडित हुनेमा अस्पतालमा रहेका विरामी र कामदार रहेका छन् । घाइते भएका मध्ये ९० जनालाई विभिन्न अस्पतालहरूमा पठाइएको छ । रासस÷एएफपी

प्रकाशित मिति : २०७६, २७ भाद्र शुक्रबार  ६ : ३५ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति