२०८२, १२ माघ सोमबार

विज्ञापनलाई नियमन गर्ने नयाँ इतिहास कोरियो : मन्त्री बास्कोटा

विज्ञापनलाई नियमन गर्ने नयाँ इतिहास कोरियो : मन्त्री बास्कोटा


काठमाडौं, २६ भदौं : राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन नियमन गर्न बनेको विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिदिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयकलाई आजको बैठकमा प्रस्तुत गरेका थिए ।

विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासमा मन्त्री बाँस्कोटाले विज्ञापनलाई नियम गर्ने क्षेत्रमा नयाँ इतिहास कोरिएको दावी गरेका थिए । “ विधेयकले विज्ञापन क्षेत्रलाई थप व्यवस्थित बनाउँछ, यो कार्यान्वयनमुखी रहेको छ ।” मन्त्री बास्कोटाले उल्लेख गर्दै भने, विधेयकलाई थप समृद्ध बनाउन सहयोग गर्नुभएका दुवै सदनका सांसदलाई मन्त्री बाँस्कोटाले धन्यवाद दिन्छु ।

यसअघि सो विधेयकको सैद्धान्तिक छलफलमा सांसद ठेगेन्द्रप्रकाश पुरी र कोलम ओलीले भाग लिनुभएको थियो । यसैगरी बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकको प्रस्तावलाई गृहमन्त्री रामबहादुर थापाले बैठकमा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७६, २६ भाद्र बिहीबार  ५ : ०० बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै