२०८२, १२ माघ सोमबार

उपनिर्वाचनमा काङ्ग्रेसलाई जिताउन देउवाको कार्यकतालाई निर्देशन

उपनिर्वाचनमा काङ्ग्रेसलाई जिताउन देउवाको कार्यकतालाई निर्देशन


इनरुवा, २४ भदौ  : नेपाली काङ्ग्रेसले सुनसरीबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु गरेको छ । सुनसरी सदरमुकाम इनरुवाबाट मंगलबार हिमाल, पहाड, तराई–मधेश काङ्ग्रेस राष्ट्रिय जागरण अभियान अगाडि बढाएको हो ।

अभियानको शुरुवात गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकार क्रियाकलापको विरोध गर्नुभयो । उहाँले अभियानमा सक्रिय भएर जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभयो । लोकतन्त्रमाथि चुनौती देखिएको भन्दै उहाँले लोकतन्त्रको संरक्षणका लागि आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको बताउनुभयो ।

लोकतन्त्रका उपलब्धि गुम्न सक्ने खतरा बढ्दै गएको उल्लेख गर्दै सभापति देउवाले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप कहिले स्वीकार्य नहुने बताउनुभयो । उहाँले उपनिर्वाचनमा काङ्ग्रेसलाई जिताउनका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

बिपी कोइरालाको १०६औँ जन्मजयन्ती अवसरमा जागरण अभियान आजबाट शुरु गरेको र आगामी असोज ७ गते समापन हुनेछ । कार्यक्रमको शुरुआत सभापति देउवाले रूखको बिरुवामा पानी हालेर गर्नुभएको हो ।

अभियान कार्यक्रमको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा रहेको पार्टी कार्यालय परिसरमा निर्माण गरिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको समेत उद्घाटन गरिएको पार्टीका कोषाध्यक्ष पङ्कज महतोले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  १० : १३ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै