२०८२, २३ चैत्र मंगलबार

उपनिर्वाचनमा काङ्ग्रेसलाई जिताउन देउवाको कार्यकतालाई निर्देशन

उपनिर्वाचनमा काङ्ग्रेसलाई जिताउन देउवाको कार्यकतालाई निर्देशन


इनरुवा, २४ भदौ  : नेपाली काङ्ग्रेसले सुनसरीबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु गरेको छ । सुनसरी सदरमुकाम इनरुवाबाट मंगलबार हिमाल, पहाड, तराई–मधेश काङ्ग्रेस राष्ट्रिय जागरण अभियान अगाडि बढाएको हो ।

अभियानको शुरुवात गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकार क्रियाकलापको विरोध गर्नुभयो । उहाँले अभियानमा सक्रिय भएर जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभयो । लोकतन्त्रमाथि चुनौती देखिएको भन्दै उहाँले लोकतन्त्रको संरक्षणका लागि आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको बताउनुभयो ।

लोकतन्त्रका उपलब्धि गुम्न सक्ने खतरा बढ्दै गएको उल्लेख गर्दै सभापति देउवाले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप कहिले स्वीकार्य नहुने बताउनुभयो । उहाँले उपनिर्वाचनमा काङ्ग्रेसलाई जिताउनका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

बिपी कोइरालाको १०६औँ जन्मजयन्ती अवसरमा जागरण अभियान आजबाट शुरु गरेको र आगामी असोज ७ गते समापन हुनेछ । कार्यक्रमको शुरुआत सभापति देउवाले रूखको बिरुवामा पानी हालेर गर्नुभएको हो ।

अभियान कार्यक्रमको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा रहेको पार्टी कार्यालय परिसरमा निर्माण गरिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको समेत उद्घाटन गरिएको पार्टीका कोषाध्यक्ष पङ्कज महतोले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  १० : १३ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि