२०८२, १२ माघ सोमबार

राजधानीको विषय फेरि उठान गर्नु नपर्ने गरी समाधान गरिन्छ : मुख्यमन्त्री पौडेल

राजधानीको विषय फेरि उठान गर्नु नपर्ने गरी समाधान गरिन्छ : मुख्यमन्त्री पौडेल


हेटौँडा, २४ भदौ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानीको विषय अर्को पटकदेखि उठानै गर्नु नपर्ने गरी समाधान गरिने बताउनुभएको छ । प्रदेशसभामा आज प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले उठाउनु भएको विषयवस्तुहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।

प्रदेशसभामा जवाफ दिँदै मुख्यमन्त्री पौडेलले सरकारले सरकार सञ्चालनको अप्ठ्यारो चरण पार गरिसके र विकासको चरण प्रवेश गरेकाले प्रदेशले विकासमा फड्को मार्ने बताउनुभयो । सरकारले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार रु एक लाख र घाइते भएकाहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको र निजी अस्पतालमा उपचार गराउँदा रु २० हजारसम्म आर्थिक सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो ।

जनधनको क्षति भएकाहरुलाई राहत उपलब्ध गराउने काम भइरहेको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले बाढी, पहिरोका कारण अवरुद्ध भएका सडकहरु पुनः सञ्चालन गर्न प्रत्येक जिल्लालाई एक करोड रुपैयाँको दरले बजेट निकासा गरेको बताउनुभयो । डेङ्गु नियन्त्रणसम्बन्धी प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशका डेङ्गु सङ्क्रमण फैलिएका जिल्लाहरुमा नियन्त्रणका लागि काम गरिरहेको र आगामी कदमका बारेमा छलफल चलिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  ९ : २१ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै