२०८२, ६ फाल्गुन बुधबार

राजधानीको विषय फेरि उठान गर्नु नपर्ने गरी समाधान गरिन्छ : मुख्यमन्त्री पौडेल

राजधानीको विषय फेरि उठान गर्नु नपर्ने गरी समाधान गरिन्छ : मुख्यमन्त्री पौडेल


हेटौँडा, २४ भदौ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानीको विषय अर्को पटकदेखि उठानै गर्नु नपर्ने गरी समाधान गरिने बताउनुभएको छ । प्रदेशसभामा आज प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले उठाउनु भएको विषयवस्तुहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।

प्रदेशसभामा जवाफ दिँदै मुख्यमन्त्री पौडेलले सरकारले सरकार सञ्चालनको अप्ठ्यारो चरण पार गरिसके र विकासको चरण प्रवेश गरेकाले प्रदेशले विकासमा फड्को मार्ने बताउनुभयो । सरकारले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार रु एक लाख र घाइते भएकाहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको र निजी अस्पतालमा उपचार गराउँदा रु २० हजारसम्म आर्थिक सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो ।

जनधनको क्षति भएकाहरुलाई राहत उपलब्ध गराउने काम भइरहेको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले बाढी, पहिरोका कारण अवरुद्ध भएका सडकहरु पुनः सञ्चालन गर्न प्रत्येक जिल्लालाई एक करोड रुपैयाँको दरले बजेट निकासा गरेको बताउनुभयो । डेङ्गु नियन्त्रणसम्बन्धी प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशका डेङ्गु सङ्क्रमण फैलिएका जिल्लाहरुमा नियन्त्रणका लागि काम गरिरहेको र आगामी कदमका बारेमा छलफल चलिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  ९ : २१ बजे

धर्मेन्द्र बास्तोलाविरुद्ध सार्वजनिक शान्ति खलल मुद्दा दर्ता

काठमाडौँ । नेकपा बहुमतका प्रतिनिधिसभा सदस्य धर्मेन्द्र बास्तोला र विष्णुप्रसाद

ट्रिपरको ठक्करमा स्कुटर चालकको घटनास्थलमै मृत्यु, बनेपा तनावग्रस्त

काठमाडौँ । काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले

“यज्ञबहादुर बोगटी : जसले अछामी जनताको जीवन बदलिदिए”

काठमाडौं । सुन्दर सुदूरपश्चिमको अछाम, जहाँ हरियाली छ तर भौतिक

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण