२०८२, २३ चैत्र मंगलबार

काङ्ग्रेसको जागरण अभियानमा पदाधिकारीहरुले सम्बोधन गर्ने

काङ्ग्रेसको जागरण अभियानमा पदाधिकारीहरुले सम्बोधन गर्ने


काठमाडौँ, २३ भदौ : नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणमा विभिन्न जिल्लाका कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने हुनुभएको छ ।

जननायक बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन भोलि भदौ २४ गते प्रारम्भ हुने दोस्रो चरणको अभियानको उद्घाटनमा काङ्ग्रेसका केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्नुहुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

जसअनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्नुहुनेछ ।

जागरण अभियानको दोस्रो चरण भोलि भदौ २४ गते देशव्यापी रूपमा एकसाथ प्रारम्भ हुँदैछ । बिपी कोइरालाको १०६औँ जन्म जयन्तीको प्रतिक स्वरुप त्यतिनै विरुवा हरेक प्रदेशसभा क्षेत्रमा ९जम्मा ३४ हजार ९८०० देशभरि रोपेर अभियान उद्घाटन हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

मुख्यगरी प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि तोकिनुभएका ३३० प्रतिनिधिमध्ये अधिकांश आफ्नो जिम्मेवारी क्षेत्रमा पुगिसकेको पार्टी कार्यालयले जनाएको छ । जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुईवर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेशलगायत कार्यक्रम हुनेछन् ।

अभियान क्रममा पार्टीका केन्द्रीय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका अग्रजहरु, शहीद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र देश एवं काङ्ग्रेसका लागि सल्लाह सुझावहरु लिनुहुने प्रवक्ता शर्माले बताउनुभयो ।

पन्ध्र दिने अभियानको अन्तिम दिन आगामी असोज ७ गते विभिन्न पाँच मुद्दामा केन्द्रित रहेर ७७ जिल्लामा एकसाथ जनप्रदर्शन गरिनेछ । काङ्ग्रेसले स्वदेश र विदेशमा सबैलाई उत्साहपूर्वक जागरण अभियानमा सरिक हुन आह्वान गरेको छ । रासस

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  १० : २५ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि