२०८३, १७ जेष्ठ सोमबार

सत्य घटनामा आधारित गीत ‘जालमा फसायौ २’ सार्वजनिक (भिडियाे सहित)

सत्य घटनामा आधारित गीत ‘जालमा फसायौ २’ सार्वजनिक (भिडियाे सहित)


वास्तविक घटनामा आधारित लोकदोहोरी गीत जालमा फसायौको भाग २ सार्वजनिक भएको छ । नेपाली युवा विदेशि भुमिमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो भने भाग २ मा आफन्त (ज्वाई) गुमाउँदा माईति पक्ष ( आमा, बुबा, दाई, भाउजु) लाई पर्न गएको बेदनालाई समेटिएको डिएआर मुभिजका राजाराम गौतमले बताए ।

जालमा फसायौ २ गीतबाट भएको कमाई÷रकम सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गाउँपालिका वडा नं ५ एसेलुखर्कमा रहेको, मिना थापाले संचालन गर्नुभएको मदर सिस्टर नेपाल बालगृहलाई दिने गौतमले जानकारी दिनुभयो । बालगृहमा विनाशकारी भुकम्पबाट आफ्ना अभिभावक गुमाएका २७ जना बालबालीकाले संरक्षण पाईरहेका छन् ।

जालमा फसायौ २ मा स्वर बिमाकुमारी दुरा, गीतादेवी, पार्वती कार्कि, प्रभावन जे र भुवन प्रकाश बडुको रहेको छ । परिकल्पना तथा निर्देशन प्रभावनजेको रहेको म्युजिक भिडियोमा अग्रज कलाकार रमा थपलिया, भुवन प्रकाश बडु, पार्वती कार्कि, सानु पाण्डे, पुष्प अवस्थि, दामोदर गौतम, सरोज दाहाल र सहयोगी कलाकारको रुपमा पुजा पाठक, राम प्रसाद न्यौपानेले अभिनय गरेका छन् ।

प्रभावन जेको लय, शब्द तथा संगीत संयोजन रहेको गीतको ध्वनी सम्पादन मनोज डंगोल, एरेन्ज भुवन प्रकाश बडु र जिवन बडु ले गरेका छन् भने बिग परिवेश स्टुडियोमा गीत रेर्कड गरिएको हो । व्यवस्थापन विवेक चौलागाई, श्रृगार शर्मिला सुनार, व्यवस्थापन सहायक कृष्ण गौतम र गोकुल दंगालले गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरि धुलिखेल र रोशि गाउँपालिकामा छायाँकन गरिएको म्युजिक भिडियोमा ड्रोन÷क्यामेरा रोनिश तामाङ, कला राजाराम गौतम, सहायक निर्देशन÷सम्पादन नविन भट्टको रहेको छ भने परिकल्पना तथा निर्देशन प्रभावनजेको रहेको छ । लामो समयको (६ महिना भन्दा बढी) पूर्व तयारी गरी ४ दिन लगाएर शुटिङ गरिएको गित २८ मिनेटको रहेको डिएआर मुभिजका राजाराम गौतमले जानकारी दिए । भिडियोको लिंक तल दिईएको छ ।

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  ६ : ३७ बजे

नेपालले पनि सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भीमार्जुनको कडा आपत्ति

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्य ले प्रधानमन्त्री बालेन शाहले संसदमा

भाजपा अध्यक्षको निमन्त्रणामा भारत जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी चर्चित

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित