२०८३, १४ श्रावण शुक्रबार

काभ्रे तेमालका ९५ प्रतिशत जनसंख्यालाई शिक्षित घोषणा

काभ्रे तेमालका ९५ प्रतिशत जनसंख्यालाई शिक्षित घोषणा


धुलिखेल, २२ भदौँ : काभ्रेको तेमाल गाउँपालिकालाई पुर्ण साक्षर गाउँपालिका घोषणा गरिएको छ ।

आइतबार पोखरीनारायणस्थानमा एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समितिका प्रमूख उद्धव केसीले तेमाल गाउँपालिककालाई पूर्ण साक्षर गाउँपालिका घोषणा गरेका हुन् ।

तेमालको कुल जनसंख्याको ९५.९७ प्रतिशत जनसंख्या साक्षर भएपछि सिँगो पालिकालाई नै पूर्ण साक्षर घोषणा गरिएको पालिका प्रमूख सलाम सिंह तामाङले बताए ।

तेमालमा १२ हजार १ सय २९ महिला र १० हजार ५ सय ८३ गरी जम्मा २२ हजार ७ सय १२ जनसंख्या रहेको छ । तेमालमा बसोबास गर्ने कुल जनसंख्याको ४.०३ प्रतिशत अर्थात ९१५ जना साक्षर हुन बाँकी रहेका छन् । तेमाल गाउँपालिकामा रहेको तत्कालिन गाविस मध्ये कुरुवास चापाखोरीमा सतप्रतिशत जनसंख्या साक्षर भएको तथ्यांकले देखाएको छ ।

सबैभन्दा कम साक्षर सरमथलीमा रहेका छन् । यहाँ कुल जनसंख्याको ७२.९२ प्रतिशत साक्षर रहेको पालिकाका प्रमूख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले बताए । यसैगरी बोल्देफेँदिचे (९७.११%), ठूलोपर्सेल (९७.०९%), पोखरीनारायणस्थान (९५.९३%), सस्र्यूँखर्क (९५.९४%), मेच्छे (९२.६२%)  साक्षर भएको पालिकाको शिक्षा शाखा प्रमूख भोजकुमार ठकुरीले जानकारी दिए । हाल तेमालमा ४१ वटा विद्यालय र तीन शिकाई केन्द्र रहेका छन् ।

कार्यक्रममा जिसस प्रमूख केसीले तेमालको शिक्षालाई समाज अनुकुल बनाउन सुझाव दिए । उनले भने प्रविधियुक्त शिक्षामा पालिकाले लगानी गर्ने बेला भइसक्यो । यहाँको बुद्धचित्त लगाउने देखि प्रशोधन गर्ने सीप र ज्ञान शिक्षाको माध्यमबाट दिन जरुरी छ । शिक्षा अब समाज सुहाउँदो भएन भने एकातर्फ बेरोजगार बढ्दै जाने र यसले समाजलाई नै नकारात्मक दिशातर्फ डोहोर्याउन सक्छ, तेमालको साक्षर गाउँपालिका घोषणा कार्यक्रममा प्रमुख के.सी.ले भने ।

पालिका उपप्रमूख दुर्गामाया तामाङले बाँकी निरक्षर संख्यालाई साक्षर बनाउन र साक्षर भएकाहरुको सिकाइलाई दिगो बनाउन निरन्तर शिक्षाको कार्यक्रम लागू गर्ने नीति लिएको बताइन् । उनले साक्षरता मानव विकासको सुचाकांकको एक आधार खुड्किलो भएको भन्दै साक्षर घोषणालाई ब्यवहारिक रुपमै स्थापित गर्न र सिकाईलाई दैनिक जीवन रुपान्तरणसँग जोडेर अनेकन कामहरु गर्दै जानेमा आफू विश्वास्त रहेको बताइन् ।

तेमालको शान :  पूर्ण साक्षर गाउँ, हाम्रो पहिचान भन्ने नाराका साथ साक्षर गाउँपालिकिा घोषणा पत्र २०७६ प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा तेमाल गाउँपालिका वडा नं ६ का अध्यक्ष विकुलाल तामाङले आगामी दिनमा सबै साक्षर घरका परिवारबाट निरक्षर अभियान संचालन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  ९ : ४३ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा