२०८२, १७ भाद्र मंगलबार

काभ्रे तेमालका ९५ प्रतिशत जनसंख्यालाई शिक्षित घोषणा

काभ्रे तेमालका ९५ प्रतिशत जनसंख्यालाई शिक्षित घोषणा


धुलिखेल, २२ भदौँ : काभ्रेको तेमाल गाउँपालिकालाई पुर्ण साक्षर गाउँपालिका घोषणा गरिएको छ ।

आइतबार पोखरीनारायणस्थानमा एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समितिका प्रमूख उद्धव केसीले तेमाल गाउँपालिककालाई पूर्ण साक्षर गाउँपालिका घोषणा गरेका हुन् ।

तेमालको कुल जनसंख्याको ९५.९७ प्रतिशत जनसंख्या साक्षर भएपछि सिँगो पालिकालाई नै पूर्ण साक्षर घोषणा गरिएको पालिका प्रमूख सलाम सिंह तामाङले बताए ।

तेमालमा १२ हजार १ सय २९ महिला र १० हजार ५ सय ८३ गरी जम्मा २२ हजार ७ सय १२ जनसंख्या रहेको छ । तेमालमा बसोबास गर्ने कुल जनसंख्याको ४.०३ प्रतिशत अर्थात ९१५ जना साक्षर हुन बाँकी रहेका छन् । तेमाल गाउँपालिकामा रहेको तत्कालिन गाविस मध्ये कुरुवास चापाखोरीमा सतप्रतिशत जनसंख्या साक्षर भएको तथ्यांकले देखाएको छ ।

सबैभन्दा कम साक्षर सरमथलीमा रहेका छन् । यहाँ कुल जनसंख्याको ७२.९२ प्रतिशत साक्षर रहेको पालिकाका प्रमूख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले बताए । यसैगरी बोल्देफेँदिचे (९७.११%), ठूलोपर्सेल (९७.०९%), पोखरीनारायणस्थान (९५.९३%), सस्र्यूँखर्क (९५.९४%), मेच्छे (९२.६२%)  साक्षर भएको पालिकाको शिक्षा शाखा प्रमूख भोजकुमार ठकुरीले जानकारी दिए । हाल तेमालमा ४१ वटा विद्यालय र तीन शिकाई केन्द्र रहेका छन् ।

कार्यक्रममा जिसस प्रमूख केसीले तेमालको शिक्षालाई समाज अनुकुल बनाउन सुझाव दिए । उनले भने प्रविधियुक्त शिक्षामा पालिकाले लगानी गर्ने बेला भइसक्यो । यहाँको बुद्धचित्त लगाउने देखि प्रशोधन गर्ने सीप र ज्ञान शिक्षाको माध्यमबाट दिन जरुरी छ । शिक्षा अब समाज सुहाउँदो भएन भने एकातर्फ बेरोजगार बढ्दै जाने र यसले समाजलाई नै नकारात्मक दिशातर्फ डोहोर्याउन सक्छ, तेमालको साक्षर गाउँपालिका घोषणा कार्यक्रममा प्रमुख के.सी.ले भने ।

पालिका उपप्रमूख दुर्गामाया तामाङले बाँकी निरक्षर संख्यालाई साक्षर बनाउन र साक्षर भएकाहरुको सिकाइलाई दिगो बनाउन निरन्तर शिक्षाको कार्यक्रम लागू गर्ने नीति लिएको बताइन् । उनले साक्षरता मानव विकासको सुचाकांकको एक आधार खुड्किलो भएको भन्दै साक्षर घोषणालाई ब्यवहारिक रुपमै स्थापित गर्न र सिकाईलाई दैनिक जीवन रुपान्तरणसँग जोडेर अनेकन कामहरु गर्दै जानेमा आफू विश्वास्त रहेको बताइन् ।

तेमालको शान :  पूर्ण साक्षर गाउँ, हाम्रो पहिचान भन्ने नाराका साथ साक्षर गाउँपालिकिा घोषणा पत्र २०७६ प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा तेमाल गाउँपालिका वडा नं ६ का अध्यक्ष विकुलाल तामाङले आगामी दिनमा सबै साक्षर घरका परिवारबाट निरक्षर अभियान संचालन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  ९ : ४३ बजे

साउदीसँगको श्रम सम्झौताबाट नेपाली श्रमिकलाई हुने सम्भावित फाइदाहरू

काठमाडौं । साउदी अरेबियासँग श्रम सम्झौता गर्न नेपालको दीर्घकालीन प्रयास

गोंगबुमा ठुलो परिमाणको अवैध सम्पत्ति फेला : सवा ४ करोड नगद र ९ किलो सुन बरामद

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक निजी निवासमा प्रहरीले विशेष सूचनाका

एमालेले सचिवालय बैठक बोलायो, विधान महाधिवेशनका दस्तावेजमा छलफल हुने

काठमाडौं । नेकपा एमालेले आज अपराह्न ३ बजेका लागि सचिवालय

बेइजिङ पुगे प्रधानमन्त्री ओली, चिनियाँ उपराष्ट्रसित भेट तय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शांघाई सहयोग संगठन (SCO)

विद्यार्थीमैत्री शिक्षा ऐनको माग गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले विद्यार्थीमैत्री शिक्षा ऐन लागू गर्न