२०८३, २ आश्विन शनिबार

बिपी कोइरालाको डायरी आज लोकार्पण

बिपी कोइरालाको डायरी आज लोकार्पण


काठमाडौं, २२ भदौ : नेपाली कांग्रेसका संस्थापकक विशेश्वरप्रसाद कोइरालाद्वारा लिखित उनको समयकालमा मुलुकको सङ्क्रमणकालीन राजनीतिक अवस्थाको चित्रण भएको डायरीलाई आज लोकार्पण गरिएको छ । विसं २००८ देखि २०१३ सम्मको घटनाक्रम समावेश भएको डायरी लोकार्पण गर्दै स्व. कोइरालाका पुत्र एवं काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले डायरीमा तत्कालीन नेपालको सङ्क्रमणकालीन राजनीतिका साथै भारतसँगको सम्बन्धका विविध पक्षको जानकारी रहेको बताए ।

महामन्त्री डा. कोइरालाले बिपीले आफूलाई जुन क्षेत्रको अध्ययन गरे पनि उत्कृष्ट बन्ने प्रयास गर्नुपर्छ भनेको स्मरण गर्दै बिपीले पनि अन्तिम समयसम्म प्रजातन्त्र पुनःस्थापनाका लागि प्रयास गरेको उल्लेख गरे । वीपीले सदैव ‘ठूलो मान्छेभन्दा पनि असल मान्छे बन्नुपर्छ’ भन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै डा. कोइरालाले भने, “अहिले बिपी भएको भए राजनीतिलाई यस्तो विकृत अवस्थामा आउन दिनुहुन्नथ्यो, वीपीको प्रेरणा र विचारलाई आत्मसात् गर्दै हामीले राजनीतिलाई सफा र निष्कलङ्क बनाउनुपर्छ ।”

वीपीले अङ्ग्रेजीमा लेख्नुभएको उक्त डायरी पदमबहादुर थापाले परिवारबाट सङ्कलन गरी सम्पादन गर्नुभएको हो भने महेश पौड्यालले नेपालीमा अनुवाद गर्नुभएको हो । डायरीको प्रकाशक शिखा बुक्स, काठमाडौँ रहेको छ ।

कार्यक्रममा काङ्ग्रेस नेता नरहरि आचार्यले वीपीको राजनीतिमा सक्रियता बढेका बेला उक्त डायरी लेखिएको बताउँदै तत्कालीन सङ्क्रमणकालीन अवस्था र अहिलेको राजनीतिक अवस्था काङ्ग्रेसका लागि तुलना गर्न मिल्ने खालको रहेको धारणा व्यक्त गरे ।

काङ्ग्रेस नेता डा. शेखर कोइरालाले अहिले मुलुकको राष्ट्रियता कमजोर भएको तथा प्रजातन्त्र, गणतन्त्र र सङ्घीयतामाथि खतरा देखिएको अवस्थामा काङ्ग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताउँदै इतिहासबाट पाठ सिकेर अघि बढे मात्र मुुुलुकको भविष्य उज्ज्वल हुने बताए ।

कार्यक्रममा ‘नेपाली काङ्ग्रेसको इतिहासको प्रारुपका लेखक पुरुषोत्तम बस्नेत एवं ‘लोकतन्त्र र समाजवाद’ पुस्तकका लेखक शोभाकर पराजुलीले आ–आफ्ना पुस्तकका बारेमा चर्चा गरेका थिए ।

यसैगरी पत्रकार चन्द्रकिशोर झा, शिखा बुक्सका पुष्प पौडेल, अनुवादक पौड्याललगायतले वीपीको डायरी राजनीति, इतिहास र साहित्यानुरागीका लागि निकै उपयोगी हुने धारणा व्यक्त गरेका थिए ।

यो डायरी सङ्क्षिप्त भए पनि यसले नेपालका अधिकांश भाग र भारतका दिल्ली, बम्बई, कोलकाता, पटना, बनारस, दार्जिलिङलगायत स्थलबाट त्यसबेलाको नेपालको राजनीतिलाई प्रभावित पार्ने घटना र पात्रलाई समेटेको छ । साथै विसं २०१२ को अन्त्यतिर बिपीले हालको गण्डकी प्रदेशका अधिकांश जिल्लाको एक महीना लामो भ्रमण गर्नुभएको र भ्रमणमा काङ्ग्रेस नेता सुवर्ण शम्शेर र कुनै बेला महामन्त्री रहेका तुलसी गिरी, विश्वबन्धु थापासमेत साथमा रहेको सो डायरीले जनाउँछ ।

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  ९ : ३८ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी