२०८३, २३ आश्विन शनिबार

नेकपा मदनवादी समुहलाई अध्यक्ष दाहालद्वारा नेकपामा स्वागत

नेकपा मदनवादी समुहलाई अध्यक्ष दाहालद्वारा नेकपामा स्वागत


काठमाडौं, २२ भदौ : नेपाल कम्युनिष्ट पार्टीको एउटा समुह आज सत्ताधारी पार्टी नेकपामा प्रवेश गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गर्ने नेपाल कम्युनिस्ट पार्टी मदनवादी समुहलाई नेकपामा स्वागत गरेका छन् । आज अध्यक्ष ‘प्रचण्ड’ले आफ्नो निवास खुमलटारमा आयोजित एक समारोहमा सो समूहलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टीमा स्वागत गर्दै अध्यक्ष दाहालले देशको समृद्धि र समाजवादको लक्ष्य पूरा गर्न छरिएर रहेका सबै कम्युनिष्ट पार्टी एकजुट हुनुपर्ने बताएका थिए । उनले नेकपामा समाहित हुने निर्णय सही भएको र अन्य समूहलाई समेत सङ्गठित र एकीकृत गर्दै लैजाने विश्वास दिलाए । राष्ट्रिय एकतालाई सुदृढ गर्ने, कम्युनिष्ट आन्दोलनलाई बलशाली बनाउने र त्यसको प्रभाव राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा विस्तार गरिने उनको भनाइ थियो । अध्यक्ष दाहालले उक्त अवसरमा पार्टी एकतालाई बचाउने र सुदृढ गर्ने जिम्मेवारी सबै कम्युनिष्टको काँधमा आएको पनि बताए ।

मदनवादी समूहका प्रवक्ता विष्णुप्रसाद ढुङ्गानाले देशको राजनीतिको मूलप्रवाह बनिसकेको नेकपामा एकीकृत हुँदै एउटै कम्युनिष्ट पार्टी निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यकता देखिएकाले आफूहरु नेकपामा समाहित भएको बताएका थिए ।

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  ८ : ०२ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि