२०८३, १ आश्विन शुक्रबार

छाडा हुने जनप्रतिनिधिलाई नेकपाले लाउन थाल्यो डण्डा

छाडा हुने जनप्रतिनिधिलाई नेकपाले लाउन थाल्यो डण्डा


रामेछाप, २० भदौ : पार्टी नीति विपरीत काम गरेको भन्दै नेकपाको रामेछाप जिल्ला कमिटीले निर्वाचित गाउँपालिकाका अध्यक्षलाई निलम्बन गरेको छ । नेकपाका पार्टी सदस्य एवं लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई पार्टीले निलम्बन गरेको हो । नेकपा तीन नम्बर प्रदेश कमिटीको बैठकले खड्कालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्न जिल्ला कमिटी रामेछापलाई पत्राचार गरेको प्रदेश किमिटीले जनाएको छ ।

लिखु तामाकोसी गाउँ कमिटीमा आबद्ध नेकपाका जिल्ला कमिटीका सदस्यहरुले खड्काले पार्टीलाई बदनाम गरेको भन्दै प्रदेश कमिटी समक्ष लिखित रुपमा कारबाहीको माग गरेका थिए । जिल्ला कमिटी रामेछापको सचिवालय र कार्यालय टिम गठन नभइसकेकाले अहिलेलाई प्रदेश कमिटीले निलम्बन गर्ने निर्णय गरेको हो ।

विद्युतीकरणको बारेमा लिखु तामाकोसी गाउँपालिकामा अध्यक्ष खड्का र उपाध्यक्ष सहित बहुमत सदस्यबीच विवाद बढेको थियो । यसैबीच गाउँपालिकाका अध्यक्ष खड्कासँग फिरौती माग्नेलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेपछि विवाद थप उत्कर्षमा पुगेको थियो । फिरौती माग्ने विषयमा योजना बनाएको आरोप लगाउँदै अध्यक्ष खड्काले उपाध्यक्ष दिपशिखा दाहाल सहित वडा अध्यक्षको नाममा अदालतमा किटानी जाहेरी दिएका छन् ।

अध्यक्ष खड्काले पार्टीको नीति विपरीत गाउँपालिका योजना सञ्चालन गरेर जनता समक्ष पार्टीलाई बदनाम गरेकाले र गोली काण्डको विषयलाई लिएर गाउँपालिकाका नेताहरुमाथि किटानी जाहेरी गरेपछि पार्टीले निलम्बन गर्ने निर्णय गरेको बताइएको छ ।

नेकपा रामेछापका सचिव शान्ति पौडेलले प्रदेश कमिटीले लिखु तामाकोसीको विवादको बारेमा आफूहरुसँग परामर्श गरेको बताए । ‘खड्कालाई निलम्बन गर्ने निर्णय भएको भएको हो तर आधिकारीक पत्र भने प्राप्त भइसकेको छैन्’, पौडेलले भने । ‘खड्कालाई पार्टीले निलम्बन गरे पनि आगामी दिनमा आफ्नो कार्यशैली सच्याएको अवस्थामा पार्टीले निलम्बन फिर्ता लिनसक्छ ।’ प्रदेश कमिटीले नेकपा रामेछापका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवसँगको परामर्शमा नै खड्कालाई लिनम्बन गर्ने निर्णय लिएको थियो ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ११ : १० बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी