२०८२, २३ कार्तिक शनिबार

छाडा हुने जनप्रतिनिधिलाई नेकपाले लाउन थाल्यो डण्डा

छाडा हुने जनप्रतिनिधिलाई नेकपाले लाउन थाल्यो डण्डा


रामेछाप, २० भदौ : पार्टी नीति विपरीत काम गरेको भन्दै नेकपाको रामेछाप जिल्ला कमिटीले निर्वाचित गाउँपालिकाका अध्यक्षलाई निलम्बन गरेको छ । नेकपाका पार्टी सदस्य एवं लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई पार्टीले निलम्बन गरेको हो । नेकपा तीन नम्बर प्रदेश कमिटीको बैठकले खड्कालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्न जिल्ला कमिटी रामेछापलाई पत्राचार गरेको प्रदेश किमिटीले जनाएको छ ।

लिखु तामाकोसी गाउँ कमिटीमा आबद्ध नेकपाका जिल्ला कमिटीका सदस्यहरुले खड्काले पार्टीलाई बदनाम गरेको भन्दै प्रदेश कमिटी समक्ष लिखित रुपमा कारबाहीको माग गरेका थिए । जिल्ला कमिटी रामेछापको सचिवालय र कार्यालय टिम गठन नभइसकेकाले अहिलेलाई प्रदेश कमिटीले निलम्बन गर्ने निर्णय गरेको हो ।

विद्युतीकरणको बारेमा लिखु तामाकोसी गाउँपालिकामा अध्यक्ष खड्का र उपाध्यक्ष सहित बहुमत सदस्यबीच विवाद बढेको थियो । यसैबीच गाउँपालिकाका अध्यक्ष खड्कासँग फिरौती माग्नेलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेपछि विवाद थप उत्कर्षमा पुगेको थियो । फिरौती माग्ने विषयमा योजना बनाएको आरोप लगाउँदै अध्यक्ष खड्काले उपाध्यक्ष दिपशिखा दाहाल सहित वडा अध्यक्षको नाममा अदालतमा किटानी जाहेरी दिएका छन् ।

अध्यक्ष खड्काले पार्टीको नीति विपरीत गाउँपालिका योजना सञ्चालन गरेर जनता समक्ष पार्टीलाई बदनाम गरेकाले र गोली काण्डको विषयलाई लिएर गाउँपालिकाका नेताहरुमाथि किटानी जाहेरी गरेपछि पार्टीले निलम्बन गर्ने निर्णय गरेको बताइएको छ ।

नेकपा रामेछापका सचिव शान्ति पौडेलले प्रदेश कमिटीले लिखु तामाकोसीको विवादको बारेमा आफूहरुसँग परामर्श गरेको बताए । ‘खड्कालाई निलम्बन गर्ने निर्णय भएको भएको हो तर आधिकारीक पत्र भने प्राप्त भइसकेको छैन्’, पौडेलले भने । ‘खड्कालाई पार्टीले निलम्बन गरे पनि आगामी दिनमा आफ्नो कार्यशैली सच्याएको अवस्थामा पार्टीले निलम्बन फिर्ता लिनसक्छ ।’ प्रदेश कमिटीले नेकपा रामेछापका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवसँगको परामर्शमा नै खड्कालाई लिनम्बन गर्ने निर्णय लिएको थियो ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ११ : १० बजे

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंमा

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका