२०८२, २२ बैशाख सोमबार

प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने

प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने


काठमाडौँ, १९ भदौ: प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्कनुहुने छ । उहाँका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिनुभयो ।

मिर्गाैलासम्बन्धी एण्टिबडीको उपचारका लागि उहाँ गत भदौ ५ गते त्यसतर्फ जानुभएको हो । उहाँको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उहाँसँगै फर्कनुुहुनेछ ।

प्रधानमन्त्रीका साथमा उहाँका धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी हुुनुहुन्छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा दिव्यासिंह शाह भने फर्किसक्नुभएको छ । यसअघि उहाँ सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किनुभएको थियो ।

प्रकाशित मिति : २०७६, १९ भाद्र बिहीबार  ८ : ३३ बजे

फेवातालमा फसेका ८ जनाको उद्धार

काठमाडौं । हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका ८ जनाको

लागुऔषध नियन्त्रणदेखी फरार अभियुक्त पक्राउसम्मको तथ्य

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्‌लेले आफ्‌नो एक वर्षे बसाईका क्रममा

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई

आजको मौसम : कोशी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु