२०८२, ३ चैत्र बुधबार

पूर्व प्रधानमन्त्री बिदाईपछि झोला बोकेर घर फर्किँदा विश्वभर चर्चा

पूर्व प्रधानमन्त्री बिदाईपछि झोला बोकेर घर फर्किँदा विश्वभर चर्चा


डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रस्मोशेनको एउटा तस्बिर यतिबेला निकै भाईरल बनिरहेको छ । भर्खरै मात्र आफनो ४ बर्षे कार्यकाल पुरा गर्दै उनी आफनो घर फर्किएका छन् । २०१५ मा डेनमार्कको २५ औं प्रधानमन्त्रीमा निर्वाचित भएका लार्स बिहीबार प्रधानमन्त्रीको सरकारी कार्यालय छाडेका हुन् ।आफ्नो कार्यकालको ३ वर्ष ३ सय ६४ दिन पुगेपछि लार्सले प्रधानमन्त्री निवास छाडेका हुन् । आफु प्रधानमन्त्री हुनु निकै भाग्यको कुरा भएको बताउँदै लार्सले ४ वर्षसम्मका सहयात्री र सहयोगीहरुलाई धन्यवाद समेत लिएका छन् ।

कार्यकाल सकिएपछि निवास छाडेका लार्सले एउटा झोला मात्र बोकेर बाहिरिएका थिए । निकै सामान्यत तरिकाले सरकारी निवास छाडेर गएको तस्बिर उनले आफनो सामाजिक सञ्जालमा राखेका थिए । जुन तस्बिर यतिबेला विश्वभर भाइरल बनिरहेको छ । उनी कुनै पनि तामझाप र सुरक्षाकर्मीबिना नै सरकारी निवासबाट बिदा भएको भन्दै उनको विश्वभर चर्चा भईरहेको छ । नेपालमा निवर्तमान प्रधानमन्त्रीहरुले सरकारी निवास छाड्दा गाडी, सरकारी सामान, सुरक्षाकर्मीसहित आफुसँगै लैजाने परम्परा छ ।

लार्स यसअघि पनि बेला बेला निकै चर्चा आउने गरेका व्यक्ति हुन् । यसअघि उनले फ्रान्सेली आगन्तुकलाई साइकलमा सहर सयर गराएपछि पनि उनको निकै चर्चा चलेको थियो । लार्सले फ्रान्सेली राष्ट्रपति इमानुल माक्रोँ र उनको टोलीलाई साइकलमै राजधानी कोपनहेगन भ्रमण गराएका थिए । उनीहरूले करिब एक घन्टा साइकल सयर गरेका थिए।मध्यसहरको यो यात्रामा कहीँ पनि सर्वसाधारणको आवागमन रोकिएको थिएन् ।

उनको यही छबीको कारण पनि नेपालका राजनीतिज्ञहरुले पनि केही सिके जनतालाई कति सहजता हुन्थ्यो होला भन्दै नेपालमा पनि सामाजिक सञ्जालमा उनको प्रशंसा सहित चर्चा भईरहेको छ । उनको कार्य अवधी सकिएलगत्तै डेनमार्कको नयाँ प्रधानमन्त्रीको रुपमा मेट फ्रेडरिकसन नियुक्त भएका छन् । उनी डेनमार्कको सोसल डेमोक्रेट्स पार्टीका तर्फबाट २६ औँ प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । उनी डेनमार्कको इतिहासमा सबैभन्दा कम उमेर प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति बनेकी छन् । ४१ वर्षीया फ्रेडरिकसनले हिजो बिहिबार आफनो पदभार ग्रहण गरेकीछिन् ।

प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलबार  ५ : ३७ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका