२०८२, २२ जेष्ठ बिहीबार

चिनियाँ राष्ट्रपति सीको भ्रमण तय गर्न कुटनीतिक सक्रियता

चिनियाँ राष्ट्रपति सीको भ्रमण तय गर्न कुटनीतिक सक्रियता


काठमाडौं १७ भदौ  : चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणका लागि दुवै पक्ष गृहकार्यमा जुटेका छन् । यद्यपि, असोज अन्तिम साता हुन सक्ने भनिएको भ्रमणबारे नेपाल र चीन दुवैले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

राष्ट्रपति सी असोज अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा छन् । नेपालले पनि उनी भारत जाँदा वा फर्किँदा उनको भ्रमण होस् भन्ने चाहना कूटनीतिक च्यानलमार्फत पठाइसकेको छ । चीनले सीको भ्रमण कूटनीतिक एजेन्डामा रहेको र नेपाल आउन यो वर्ष उपयुक्त हुने जवाफ पठाएको छ । दुवै पक्ष भ्रमणको गृहकार्यमा जुटेका छन् ।

‘राष्ट्रपति सीनिकट भविष्यमा आउने सम्भावनालाई नकार्न सकिँदैन,’ उच्च कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘अघिल्लो सातादेखि काठमाडौंमा चिनियाँ पक्षको सक्रियता पनि बढेको छ ।’ चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी छिन् ।

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच २६ असोजमा भारतमा अनौपचारिक वार्ता हुँदै छ । ‘त्यसअघि वा पछि पारेर राष्ट्रपतिको भ्रमण गराउने प्रयास भएको छ । तर, यकिन भइसकेको छैन’ परराष्ट्र स्रोतले भन्यो ।

अघिल्लो साता पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाल आतुर रहेको प्रतिक्रिया दिएका थिए । ज्ञवालीलाई १८ असारमा परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले बेइजिङमा राष्ट्रपति सीको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको र गृहकार्य गर्नुपर्ने बताएका थिए ।

चीनको दालियानमा १३औँ वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठक सकेर बेइजिङ पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीच आधाघन्टाको छलफलको मुख्य विषय नै सीको सम्भावित नेपाल भ्रमण थियो ।

‘उच्चस्तरीय भ्रमणप्रति हामी सकारात्मक छौँ । नेपालको चाहनाबारे हामी पूर्ण जानकार र सकारात्मक छौँ,’ चिनियाँ विदेशमन्त्री वाङले भनेका थिए । चिनियाँ मन्त्रीले दुवै पक्षबीच परामर्श जारी राखिने बताएको थियो । नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलबार  ७ : २९ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक