२०८३, २३ आश्विन शनिबार

संसदको गाडी खरिदमा अनियमितता प्रकरणः संसदीय समितिले निकाल्यो यस्तो निष्कर्ष

संसदको गाडी खरिदमा अनियमितता प्रकरणः संसदीय समितिले निकाल्यो यस्तो निष्कर्ष


काठमाडौँ, भदौ १७ : खरिद प्रक्रिया मिलेको तर उपलब्ध गराइएका गाडीका केही पार्टस्मा त्रुटि रहेको निष्कर्षसहित गाडी खरिदका विषयमा छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन तयार पारेको छ ।

समितिले मङ्गलबार सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले धेरै विषय कार्यान्वयनको स्वविवेकीय अधिकार सभामुखलाई नै दिनेगरी प्रतिवेदन तयार पारेको छ ।

समितिले सार्वजनिक खरिदको प्रक्रिया तथा प्राविधिक विषयमा अध्ययन गरेपछि प्रतिवेदन तयार पारेको हो । ‘‘हामीले प्रतिवेदन तयार पारेका छौँ । खरिद प्रक्रियाका सबै कागजात मिलेकै छन् । केही गाडीका पार्टस् एसेम्बल गर्दा त्रुटि भएको छ । गाडी उत्पादनपछिको परीक्षण प्रमाणपत्र भने सन् २०१७ को मात्र पेस भएको छ । यो विषय निकै प्राविधिक पनि छ,” छानबिन समितिका एक सदस्यले भने ।

समितिले बिक्रेताबाट उक्त प्रमाणपत्रलाई ताकेता गरे पनि दुई वर्षअघिकै प्रमाणपत्र आधिकारिक भएको जवाफ दिएको छ । त्रुटि भएका पार्टस् परिवर्तन हुनुपर्ने सुझाव पनि समितिले दिएको छ । कुनै पनि ठोस निष्कर्ष समितिले निकाल्न सकेन । सङ्घीय संसदका सभापतिहरूका लागि खरिद गरिएका गाडीमा समस्या आएको गुनासो सभापतिबाटै भएपछि सभामुख कृष्णबहादुर महराले पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए । गोरखापत्रले खबर छापेको छ ।

प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलबार  ७ : १० बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि