२०८३, ४ आश्विन सोमबार

तृष्णा नामक प्रशोधित पिउने पानीमा किरा भेटियो

तृष्णा नामक प्रशोधित पिउने पानीमा किरा भेटियो


सुरुङ्गा, १६ भदौ : तृष्णा नामको प्रशोधित पिउने पानीमा किरा भेटिएको छ । विर्तामोड नगरपालिका–६ बाट उत्पादित मिनरल वाटरको सिलबन्दी बोतलभित्रको पिउने पानीमा किरा भेटिएको हो ।

विर्तामोडस्थित पश्चिम बस स्टेण्ड नजिकैको एक पसलमा किनिएको मिनरल वाटर बोतलभित्र सेतो रङको किरा भेटिएको हो । विर्तामोड–९ निवासी डिल्लीराम दाहालले औषधि सेवन गर्न मिनरल वाटर किनेको र लेदो जस्तो देखिएपछि बोतल नियालेर हेर्दा किरा भेटिएको बताउनुभयो ।

तृष्णा नामको पानी उत्पादक कम्पनीले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको बताउँदै यस्ता कम्पनीको नियमन गरी गुणस्तरहीन पानी उत्पादक कम्पनीलाई कारवाही गर्नुपर्ने विर्तामोडका–१ का अर्जुन उप्रेतीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “डिल्लीरामजी बिरामी हुनुहुन्थ्यो, दवाई खान पानी किन्यौँ, पानी धमिलो जस्तो देखेपछि नियालेर हेर्दा बोतलभित्रै सेतो किरा देखियो ।”

किरासहितको एक लिटरको उक्त पानीको बोतल राससकर्मीलाई देखाउँदै उहाँले भन्नुभयो, “पानी किनेको पसलेलाई यस विषयमा सोध्दा आफूलाई सो विषयमा थाहा नहुने र गुनासो भए पानी उत्पादकलाई नै भन्नु भन्दै पन्छनुभयो ।”

किरा भेटिएको पानीको बोतलमा सन् २०१९ अगष्टसम्ममा पानी प्रयोग गर्न सकिने उत्पादन मिति छ । राष्ट्रिय उपभोक्ता मञ्च झापा र संवाद समूहको सचिवालयको सहकार्यमा यसअघि खाद्य प्रविधि तथा गुणस्तर विभागले विर्तामोडबाट उत्पादित पानीको पीएच परीक्षण गर्दासमेत तृष्णा नामक पानीको पीएच ६ प्रतिशत थियो ।

पानीको न्यूनतम पीएच ६ देखि ७/५ प्रतिशत हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत भरत पुरीले बताउनुभयो । रासस 

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ९ : २७ बजे

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग