२०८३, ७ कार्तिक शनिबार

तृष्णा नामक प्रशोधित पिउने पानीमा किरा भेटियो

तृष्णा नामक प्रशोधित पिउने पानीमा किरा भेटियो


सुरुङ्गा, १६ भदौ : तृष्णा नामको प्रशोधित पिउने पानीमा किरा भेटिएको छ । विर्तामोड नगरपालिका–६ बाट उत्पादित मिनरल वाटरको सिलबन्दी बोतलभित्रको पिउने पानीमा किरा भेटिएको हो ।

विर्तामोडस्थित पश्चिम बस स्टेण्ड नजिकैको एक पसलमा किनिएको मिनरल वाटर बोतलभित्र सेतो रङको किरा भेटिएको हो । विर्तामोड–९ निवासी डिल्लीराम दाहालले औषधि सेवन गर्न मिनरल वाटर किनेको र लेदो जस्तो देखिएपछि बोतल नियालेर हेर्दा किरा भेटिएको बताउनुभयो ।

तृष्णा नामको पानी उत्पादक कम्पनीले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको बताउँदै यस्ता कम्पनीको नियमन गरी गुणस्तरहीन पानी उत्पादक कम्पनीलाई कारवाही गर्नुपर्ने विर्तामोडका–१ का अर्जुन उप्रेतीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “डिल्लीरामजी बिरामी हुनुहुन्थ्यो, दवाई खान पानी किन्यौँ, पानी धमिलो जस्तो देखेपछि नियालेर हेर्दा बोतलभित्रै सेतो किरा देखियो ।”

किरासहितको एक लिटरको उक्त पानीको बोतल राससकर्मीलाई देखाउँदै उहाँले भन्नुभयो, “पानी किनेको पसलेलाई यस विषयमा सोध्दा आफूलाई सो विषयमा थाहा नहुने र गुनासो भए पानी उत्पादकलाई नै भन्नु भन्दै पन्छनुभयो ।”

किरा भेटिएको पानीको बोतलमा सन् २०१९ अगष्टसम्ममा पानी प्रयोग गर्न सकिने उत्पादन मिति छ । राष्ट्रिय उपभोक्ता मञ्च झापा र संवाद समूहको सचिवालयको सहकार्यमा यसअघि खाद्य प्रविधि तथा गुणस्तर विभागले विर्तामोडबाट उत्पादित पानीको पीएच परीक्षण गर्दासमेत तृष्णा नामक पानीको पीएच ६ प्रतिशत थियो ।

पानीको न्यूनतम पीएच ६ देखि ७/५ प्रतिशत हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत भरत पुरीले बताउनुभयो । रासस 

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ९ : २७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना