२०८३, ३० जेष्ठ आईतबार

राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा पूजा एवं दर्शन

राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा पूजा एवं दर्शन


काठमाडौ १६ भदौँ : नेपाली महिलाको महान् पर्व हरितालिका ९तीज० का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ ।

बेलुकी ५ बजे मन्दिर प्राङ्गण प्रवेश गर्नुभएका राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गर्नुभयो । पूजा एवं दर्शनपछि उहाँलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइदिनुभएको थियो ।

मन्दिर प्राङ्गणमा राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापा, सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारी, मन्दिरमा दर्शनका लागि उपस्थित भक्तजनलगायतले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी मन्दिरमा पूजा एवं दर्शनका लागि प्रवेश गर्दा केही समय लाममा बसेका भक्तजनलाई रोकिएको थियो । उहाँ फर्कनुभएपछि भक्तजनलाई पुनः प्रवेश दिइएको छ । मन्दिर परिसरमा अझै लाखौँको सङ्ख्यामा भक्तजन लामबद्ध छन् ।

तीजका अवसरमा पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि वर्तालु महिला भक्तजनको भीड छ । लाम नसकिएसम्म पशुपतिनाथ मन्दिरका चारै ढोका दर्शनका लागि खुला राखिने सदस्य सचिव ढकालले जानकारी दिनुभएको छ ।  रासस

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ८ : ५५ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा