२०८३, ३० जेष्ठ आईतबार

प्रदेश ३ मा संविधान दिवस भव्यरूपमा मनाइने : मुख्यमन्त्री पौडेल

प्रदेश ३ मा संविधान दिवस भव्यरूपमा मनाइने : मुख्यमन्त्री पौडेल


हेटौँडा, १६ भदौ : पाँचौँ संविधान दिवसलाई प्रदेश ३ सरकारले भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा प्रदेशका अन्य मन्त्रीहरुको समेत उपस्थितिमा आज बसेको बैठकले संविधान दिवसको अवसरमा विविध कार्यक्रमहरु गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकले संविधान दिवस मनाउन प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा संविधान दिवस मूल समारोह समितिसमेत गठन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दिवसलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु समेत निर्माण गरिएका छन् ।

बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ भने सामाजिक विकास मन्त्री युवराज दुलालको संयोजकत्वमा रचनात्मक क्रियाकलाप व्यवस्थापन उपसमिति गठन गरेको छ । त्यस्तै प्रदेशका मुख्य न्यायाधिवक्ता ओम थपलियाको संयोजकत्वमा विचार गोष्ठी उपसमिति तथा जिल्ला समन्वय समिति मकवानपुरका

प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा राजनितिक दल समन्वय तथा जनपरिचालन उपसमिति, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति निर्माण गरिएको प्रेस संयोजक दाहालले जानकारी दिनुभयो ।

दिवसका अवसरमा सरसफाइ, परिसंवाद, खेलकूद लगायतका कार्यक्रम गरिने जनाइएको छ । त्यस्तै दीपावली, बढाइँ कार्यक्रम, विभिन्न धार्मिकस्थलमा दीप प्रज्वलन, प्रभातफेरी, गीत तथा नृत्य प्रस्तुत, वृक्षरोपण, रक्तदान तथा ऐतिहासिक स्मारक मकवानपुरगढीमा नेपालको विशाल झण्डाको झण्डोत्तोलन गरिने तथा मुख्यदिन बृहत् सभा गरिने निर्णय भएको जनाइएको छ ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवस प्रभावकारी बनाउने बताउनुभयो । उहाँले विभिन्न उपसमितिहरुलाई जिम्मेवारी बाँडफाँड गरेअनुसार काम सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । संविधान दिवस भनेको इतिहास भएकोले यसलाई भव्यरूपमा मनाउने उहाँको भनाइ थियो ।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, प्रमुख सचिव तोयम राय, नेकपा प्रदेशका प्रमुख सचेतक रामेश्वर फुयाँल, मुख्य न्यायाधिवक्ता थपलिया, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रालयका सचिवहरु, योजना आयोगका सदस्यहरू, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलाल लगायतको उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ८ : ४३ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा