२०८३, २७ आश्विन बुधबार

प्रधानमन्त्री विरुद्ध हजारौंको प्रदर्शन

प्रधानमन्त्री विरुद्ध हजारौंको प्रदर्शन


लण्डन, १५ भदौ :  संसदीय कार्यवाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टी जनाउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसन विरुद्ध देशभरी प्रदर्शन भएका छन् ।

राजधानी लण्डनसहित देशका दर्जनौं सहरमा हजारौं प्रदर्शनकारी भेला भएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रदर्शनकारीहरुले ‘संसद निलम्बन फिर्ता गर,’ ‘लोकतन्त्रको रक्षा गर,’ जस्ता नारा लेखिएका घरमै निर्मित प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी बेलायती छायाँ अर्थमन्त्री जोन म्याकडोनेलले संसद निलम्बन गर्नुलाई लोकतन्त्र मास्ने प्रयासको संज्ञा दिनुभयो ।

संसद निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको आग्रहप्रति बेलायती महारानी एलिजावेथ द्वीतीयले चासो राख्नु भएको थियो । प्रधानमन्त्रीको सो निर्णयप्रति सत्तापक्षका सांसदले पनि विरोध जनाएका छन् । प्रधानमन्त्री जोनसनले भने आफ्नो निर्णय सही भएको दाबी गर्दै आउनु भएको छ ।
उहाँले गत बुधबार आउँदो अक्टोबर १४ तारिखसम्मका लागि संसद निलम्बनका लागि महारानी एलिजावेथ समक्ष पेश गर्नुभएको थियो । निलम्बनले आगामी अक्टोबर ३१ तारिखमा बिनाकुनै सम्झौता युरोपेली संघ ९इयु०बाट बेलायत बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानुनहरू पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ ।

तर उहाँले भने ब्रेजिक्टका बारेमा छलफल गर्न दुवै पक्षका सांसदहरुलाई पर्याप्त समय पुग्ने दाबी पनि गर्नुभएको छ । RSS

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  ४ : ४१ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल