२०८२, २१ असार शनिबार

काभ्रेमा पनि डेंगु भेटियो, सचेत रहन चिकित्सिकको आग्रह

काभ्रेमा पनि डेंगु भेटियो, सचेत रहन चिकित्सिकको आग्रह


काठमाण्डौ १५ भदौ: काभ्रेमा पनि डेंगुको संक्रमित भेटिएका छन् । जिल्ला जनस्वास्थ्य निरीक्षक कम्लेश मिश्रले दिएको जानकारी अनुसार जिल्लाको खानीखोला गाउँपालिकाका एक ब्यक्तिमा डेंगु रोगको लक्षण देखिएको हो ।

संक्रमितको अहिले हेटौडामा उपचार भइरहेको जनस्वास्थ्य निरीक्षक मिश्रले जानकारी दिए । काभ्रेकै ब्यक्तिमा डेंगु भेटिएपनि उनी कामको सिलसिलामा हेटौडा लगायतका तराई क्षेत्र आवातजावात गर्ने गरेको मिश्रले बताए ।

जिल्लामा डेंगुको संक्रमित भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले सचेत रहन सबैमा अनुरोध गरेको छ । डेंगु रोगथामका लागि जिल्लाको १३ वटै स्थानीय तहमा र्यापिट टिम खडा गरिएको छ । त्यस्तै सबै स्वास्थ्य संस्थामा डेंगु विरुद्धको कीट सहितको टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

डेंगुको लक्षण
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।
– असाध्यै टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
–शरीरमा विमिरा आउने
–वाकवाकी लाग्ने
( पेट दुख्ने
( नाक वा गिजाबाट रगत बग्ने
( रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

डेंगुबाट बच्ने उपाय
–डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।
–पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने
–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने
–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने
–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।
–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ
–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  २ : ३८ बजे

पौडेलले गरे जनसम्पर्क समितिको अधिवेशनको मिति प्रस्ताव

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगत महिला तथा सामाजिक मामिला

डिजिटल व्यापार र लगानीमा सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले

आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइदैँ

काठमाडौं । आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि

पुल भत्किदा बनेपा–नाला– भक्तपुर सडक खण्ड अवरुद्ध

भक्तपुर । बनेपा नाला भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुन्यमति