२०८३, १५ श्रावण शनिबार

काभ्रेमा पनि डेंगु भेटियो, सचेत रहन चिकित्सिकको आग्रह

काभ्रेमा पनि डेंगु भेटियो, सचेत रहन चिकित्सिकको आग्रह


काठमाण्डौ १५ भदौ: काभ्रेमा पनि डेंगुको संक्रमित भेटिएका छन् । जिल्ला जनस्वास्थ्य निरीक्षक कम्लेश मिश्रले दिएको जानकारी अनुसार जिल्लाको खानीखोला गाउँपालिकाका एक ब्यक्तिमा डेंगु रोगको लक्षण देखिएको हो ।

संक्रमितको अहिले हेटौडामा उपचार भइरहेको जनस्वास्थ्य निरीक्षक मिश्रले जानकारी दिए । काभ्रेकै ब्यक्तिमा डेंगु भेटिएपनि उनी कामको सिलसिलामा हेटौडा लगायतका तराई क्षेत्र आवातजावात गर्ने गरेको मिश्रले बताए ।

जिल्लामा डेंगुको संक्रमित भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले सचेत रहन सबैमा अनुरोध गरेको छ । डेंगु रोगथामका लागि जिल्लाको १३ वटै स्थानीय तहमा र्यापिट टिम खडा गरिएको छ । त्यस्तै सबै स्वास्थ्य संस्थामा डेंगु विरुद्धको कीट सहितको टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

डेंगुको लक्षण
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।
– असाध्यै टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
–शरीरमा विमिरा आउने
–वाकवाकी लाग्ने
( पेट दुख्ने
( नाक वा गिजाबाट रगत बग्ने
( रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

डेंगुबाट बच्ने उपाय
–डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।
–पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने
–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने
–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने
–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।
–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ
–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  २ : ३८ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने