२०८३, १० भाद्र बिहीबार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ : डा.दिव्यासिंह

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ : डा.दिव्यासिंह


काठमाडौँ १४ भदौ : उपचारका लागि सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । प्रधानमन्त्रीसगै रहेका निजी चिकित्सक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको हो ।

उहाँ प्रधानमन्त्री ओलीको उपचारमा केही दिन सहभागी भएर अहिले काठमाडौँ फर्किनुभएको छ । निजी चिकित्सक डा शाहले भन्नुभयो, “प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको मिर्गौलामा देखिएको एन्टिबडीविरुद्ध उपचार भइरहेको छ । ” सातरआठ पटकसम्म प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा उपचार गर्नुपर्ने भएकाले प्रधानमन्त्री नेपाल आउन केही दिन लाग्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीको उपचार सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको गोरखापत्र अनलाइनमा खबर छ ।

प्रकाशित मिति : २०७६, १४ भाद्र शनिबार  ८ : ४७ बजे

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

बाढीमा परेकाहरूको खोजी र उद्धार तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि चिनियाँ

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ