२०८३, १३ बैशाख सोमबार

युवावर्ष ‘मोती’ पुरस्कार काभ्रेका फुलमान वल र धनकुटे कान्छालाई प्रदान

युवावर्ष ‘मोती’ पुरस्कार काभ्रेका फुलमान वल र धनकुटे कान्छालाई प्रदान


काठमाडौँ, १३ भदौ : युवावर्ष ‘मोती’ पुरस्कार साहित्यकार काभ्रेका फूलमान वल र शङ्कर चापागाईँ (धनकुटे) कान्छा लाई प्रदान गरिएको छ ।

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्तीका अवसरमा नेपाल शिक्षा परिषद्मा आज आयोजित कार्यक्रममा विसं २०७६ को युवावर्ष मोती पुरस्कार वल र चापागाईंलाई प्रदान गरिएको हो ।

विस २०४२ मा कोषद्वारा स्थापना गरिएको पुरस्कार राशि रु ५० हजार नगद र स्वर्णपदक रहेको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापना गरिएको उक्त पुरस्कार इतिहासविद्, संस्कृतिविद् एवं शताब्दीपुरुष सत्यमोहन जोशीले वल र चापागाईंलाई प्रदान गर्नुभयो ।

कार्यक्रममा शताब्दीपुरुष जोशीले नेपाली भाषा, साहित्यको विकास र विस्तारमा युवा साहित्यकारहरु लाग्नुपर्ने बताउनुभयो । “युवा साहित्यकारहरुले नै नेपालको भाषा र साहित्यलाई जोगाउन सक्छन्”, उहाँले भन्नुुभयो ।

राष्ट्रिय युवा सेवा कोषले युवा साहित्यकारलाई अगाडि बढाउन गरेको काम सराहनीय रहेको उहाँको भनाइ थियो ।
कोषका अध्यक्ष भीमबहादुर अधिकारीले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धिमा युवाकवि मोतीराम भट्टको महत्वपूर्ण योगदान रहेकाले उहाँको नाममा पुरस्कार स्थापना गरिएको बताउनुभयो ।

कोषका महासचिव लक्ष्मण थापाले कोषले मोतीराम भट्टको विषयमा अध्ययन र अनुसन्धान गर्दै आइरहेको जानकारी दिनुभयो । कोषले हालसम्म युवावर्ष मोती पुरस्कारबाट ६० भन्दा बढी युवा साहित्यकारलाई सम्मान गरिसकेको छ ।

सोही अवसरमा यसैवर्ष दिवङ्गत हुनुभएका १९ साहित्यकारलाई सम्झना गर्नुका साथै समस्यापूर्ति कवि सम्मेलनको समेत आयोजना गरिएको थियो ।

यसवर्ष दिवङ्गत हुने साहित्यकारहरुमा हेमराज ज्ञवाली, सुशीला शाह ९राणा०, मोहनराज शर्मा, मदनमणि दीक्षित, शिव रेग्मी, विष्णुप्रसाद पौडेल, बसन्तकुमार शर्मा, प्रा डा टीकाराम अधिकारी, रीता शाह, लक्ष्मीदेवी सुन्दास, दुर्गा दाहाल, अच्युत मल्ल, हरिबहादुर ढुङ्गानालगायत हुनुहुन्छ । रासस

प्रकाशित मिति : २०७६, १३ भाद्र शुक्रबार  ६ : २८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले