२०८२, २२ जेष्ठ बिहीबार

‘ढाँटछल गरेका छैनौँ,’ भिडियो कन्फ्ररेन्सलाई लिएर उत्तेजित नहोऔँ : मन्त्री बाँस्कोटा

‘ढाँटछल गरेका छैनौँ,’ भिडियो कन्फ्ररेन्सलाई लिएर उत्तेजित नहोऔँ : मन्त्री बाँस्कोटा


काठमाडौँ, १२ भदौ : सरकारले स्वास्थ्य उपचारका क्रममा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यबीचको भिडियो कन्फ्ररेन्सलाई लिएर धेरै उत्तेजित नहुन सबैलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभाको आज बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भिडियो कन्फ्ररेन्स प्रविधिको उच्चतम् प्रयोग भएको भन्दै अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो ।

“जे कुरा हुँदै भएको छैन, त्यसमा भ्रममा पर्न आवश्यक छैन । त्यो मन्त्रिपरिषद् बैठक होइन, कहाँबाट ‘क्याबिनेट’, ‘क्याबिनेट’ ‘क्याबिनेट’ भएर आयो, बुझ्न नसकिएन, सत्य एउटै मात्र हुन्छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीसँग विषयवस्तु आदानप्रदान गरिएको हो, कुनै निर्णय गरेनौँ, हामी अवसरवादी बन्दैनाँै र बन्न सक्दैनौँ, देश र जनताप्रतिको दायित्व र अभिभाराप्रति सधैँ इमान्दार भइराख्छौँ ।”

भिडियो कन्फ्ररेन्स जहाँबाट पनि हुनसक्ने उल्लेख गर्दै उहाँले यसलाई ठूलो कुरा र अनर्थका रुपमा नबुझिदिन आग्रह गर्नुभयो । “दिल्ली, मस्को, अमेरिकाबाट पनि भिडियो कन्फ्ररेन्स हुन सक्छ”, उहाँले भन्नुभयो, “पहिलो प्रयास र अभ्यास हो, प्राविधिक रुपमा सक्षम छौँ भन्ने प्रमाणित गरेको छ ।” आफूले भिडियो कन्फ्ररेन्स भएकै दिनसमेत सञ्चारकर्मीलाई सोबारेमा स्पष्ट पारेको उहाँले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दललगायतले भिडियो कन्फ्ररेन्समा गोपनियता नहुने, राष्ट्रहित खण्डित हुने, सार्वजनिक सत्तामाथि प्रश्न उठ्ने भन्दै सरकरको चर्को आलोचना गरेका थिए । सङ्घीय संसद्मै पटकपटक सो विषयमा सरकारको धारणा माग गरिएको थियो ।

चौतर्फी रुपमा उक्त विषय उठेपछि सरकारका प्रवक्ता बाँस्कोटाले स्पष्ट शब्दमा भन्नुभयो, “हामीले कुनै ढाँटछल गरेका छैनौँ, प्रविधिका प्रयोग गरेका हौँ, अनावश्यक रुपमा टिप्पणी नगरौँ ।” प्रधानमन्त्रीले मन्त्रीसँग कुरा गर्न नहुने गरी प्रश्न नउठाउन आग्रह गर्दै उहाँले राष्ट्र र सार्वभौम सत्ताको विषयलाई जोडेर गरिएको गलत प्रचार आपत्तिजनक र खेदजनक छ भन्नुभयो ।

“प्रधानमन्त्रीको त्याग, निष्ठा र सङ्कल्प, राजनीतिक आन्दालेनमा दिएको योगदान र राष्ट्रियताप्रतिको समर्पणका बारेमा कुनै प्रश्न उठाउन आवश्यक छैन”, प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “सार्वभौमिकता माथि प्रश्न उठडाइनु आपत्तिजनक छ ।” प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले त्यहाँ प्रधानमन्त्रीको उपचार चलिरहेको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ७ : ४१ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक