२०८३, २१ भाद्र सोमबार

‘ढाँटछल गरेका छैनौँ,’ भिडियो कन्फ्ररेन्सलाई लिएर उत्तेजित नहोऔँ : मन्त्री बाँस्कोटा

‘ढाँटछल गरेका छैनौँ,’ भिडियो कन्फ्ररेन्सलाई लिएर उत्तेजित नहोऔँ : मन्त्री बाँस्कोटा


काठमाडौँ, १२ भदौ : सरकारले स्वास्थ्य उपचारका क्रममा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यबीचको भिडियो कन्फ्ररेन्सलाई लिएर धेरै उत्तेजित नहुन सबैलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभाको आज बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भिडियो कन्फ्ररेन्स प्रविधिको उच्चतम् प्रयोग भएको भन्दै अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो ।

“जे कुरा हुँदै भएको छैन, त्यसमा भ्रममा पर्न आवश्यक छैन । त्यो मन्त्रिपरिषद् बैठक होइन, कहाँबाट ‘क्याबिनेट’, ‘क्याबिनेट’ ‘क्याबिनेट’ भएर आयो, बुझ्न नसकिएन, सत्य एउटै मात्र हुन्छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीसँग विषयवस्तु आदानप्रदान गरिएको हो, कुनै निर्णय गरेनौँ, हामी अवसरवादी बन्दैनाँै र बन्न सक्दैनौँ, देश र जनताप्रतिको दायित्व र अभिभाराप्रति सधैँ इमान्दार भइराख्छौँ ।”

भिडियो कन्फ्ररेन्स जहाँबाट पनि हुनसक्ने उल्लेख गर्दै उहाँले यसलाई ठूलो कुरा र अनर्थका रुपमा नबुझिदिन आग्रह गर्नुभयो । “दिल्ली, मस्को, अमेरिकाबाट पनि भिडियो कन्फ्ररेन्स हुन सक्छ”, उहाँले भन्नुभयो, “पहिलो प्रयास र अभ्यास हो, प्राविधिक रुपमा सक्षम छौँ भन्ने प्रमाणित गरेको छ ।” आफूले भिडियो कन्फ्ररेन्स भएकै दिनसमेत सञ्चारकर्मीलाई सोबारेमा स्पष्ट पारेको उहाँले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दललगायतले भिडियो कन्फ्ररेन्समा गोपनियता नहुने, राष्ट्रहित खण्डित हुने, सार्वजनिक सत्तामाथि प्रश्न उठ्ने भन्दै सरकरको चर्को आलोचना गरेका थिए । सङ्घीय संसद्मै पटकपटक सो विषयमा सरकारको धारणा माग गरिएको थियो ।

चौतर्फी रुपमा उक्त विषय उठेपछि सरकारका प्रवक्ता बाँस्कोटाले स्पष्ट शब्दमा भन्नुभयो, “हामीले कुनै ढाँटछल गरेका छैनौँ, प्रविधिका प्रयोग गरेका हौँ, अनावश्यक रुपमा टिप्पणी नगरौँ ।” प्रधानमन्त्रीले मन्त्रीसँग कुरा गर्न नहुने गरी प्रश्न नउठाउन आग्रह गर्दै उहाँले राष्ट्र र सार्वभौम सत्ताको विषयलाई जोडेर गरिएको गलत प्रचार आपत्तिजनक र खेदजनक छ भन्नुभयो ।

“प्रधानमन्त्रीको त्याग, निष्ठा र सङ्कल्प, राजनीतिक आन्दालेनमा दिएको योगदान र राष्ट्रियताप्रतिको समर्पणका बारेमा कुनै प्रश्न उठाउन आवश्यक छैन”, प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “सार्वभौमिकता माथि प्रश्न उठडाइनु आपत्तिजनक छ ।” प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले त्यहाँ प्रधानमन्त्रीको उपचार चलिरहेको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ७ : ४१ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ