२०८२, ५ माघ सोमबार

नेपालद्वारा श्रीलङ्काको बादुरेलियालाई १६५ रनको चुनौती

नेपालद्वारा श्रीलङ्काको बादुरेलियालाई १६५ रनको चुनौती


काठमाडौँ, १२ भदौ नेपाली यू–१९ (उन्नाइस वर्षमुनिको) राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्काको स्थानीय क्रिकेट क्लब बादुरेलियालाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज भएको दोस्रो अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २०६ रन बनायो तर वर्षाले खेल प्रभावित भएपछि दोस्रो इनिङ्सको खेल ३५ ओभरमा छोट्टाएपछि बादुरेलियाले डकवर्थ लेविस पद्धतिका आधारमा १६५ रनको लक्ष्य पाएको हो ।     नेपालका लागि रित गौतम र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले । रितले सर्वाधिक ७६ रनको योगदान दिए भने हरिले ५६ रन जोडे । त्यसैगरी सन्दीप जोराले २४ तथा आसिफ शेखले १४ रन जोडे ।

यसअघि पहिलो अभ्यास खेलमा नेपाल सिङहलेस क्रिकेट क्लब ९एसएससी० को यू–२३ टोलीसँग तीन विकेटले पराजित भएको थियो । एसिसी यू–१९ एशिया कप क्रिकेटका लागि श्रीलङ्कामा रहेको नेपालले तयारीस्वरुप अभ्यास खेल खेलिरहेको हो ।

 एशिया कपको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । समूह ’बी’ मा रहेको नेपालले श्रीलङ्कासँग यही भदौ २० गते खेल्नेछ । दोस्रो खेलमा नेपालले भदौ २२ गते बङ्गलादेश र अन्तिम खेलमा भदौ २४ गते संयुक्त अरब इमिरेट्स ९युएई०सँग खेल्नेछ । त्यस्तै समूह ए मा भने भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ६ : ३७ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ