२०८३, २१ भाद्र सोमबार

नेपालद्वारा श्रीलङ्काको बादुरेलियालाई १६५ रनको चुनौती

नेपालद्वारा श्रीलङ्काको बादुरेलियालाई १६५ रनको चुनौती


काठमाडौँ, १२ भदौ नेपाली यू–१९ (उन्नाइस वर्षमुनिको) राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्काको स्थानीय क्रिकेट क्लब बादुरेलियालाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज भएको दोस्रो अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २०६ रन बनायो तर वर्षाले खेल प्रभावित भएपछि दोस्रो इनिङ्सको खेल ३५ ओभरमा छोट्टाएपछि बादुरेलियाले डकवर्थ लेविस पद्धतिका आधारमा १६५ रनको लक्ष्य पाएको हो ।     नेपालका लागि रित गौतम र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले । रितले सर्वाधिक ७६ रनको योगदान दिए भने हरिले ५६ रन जोडे । त्यसैगरी सन्दीप जोराले २४ तथा आसिफ शेखले १४ रन जोडे ।

यसअघि पहिलो अभ्यास खेलमा नेपाल सिङहलेस क्रिकेट क्लब ९एसएससी० को यू–२३ टोलीसँग तीन विकेटले पराजित भएको थियो । एसिसी यू–१९ एशिया कप क्रिकेटका लागि श्रीलङ्कामा रहेको नेपालले तयारीस्वरुप अभ्यास खेल खेलिरहेको हो ।

 एशिया कपको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । समूह ’बी’ मा रहेको नेपालले श्रीलङ्कासँग यही भदौ २० गते खेल्नेछ । दोस्रो खेलमा नेपालले भदौ २२ गते बङ्गलादेश र अन्तिम खेलमा भदौ २४ गते संयुक्त अरब इमिरेट्स ९युएई०सँग खेल्नेछ । त्यस्तै समूह ए मा भने भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ६ : ३७ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ