२०८३, २३ आश्विन शनिबार

पोखराको सौन्दर्यलाई जोगाउन मन्त्री भट्टराई आग्रह

पोखराको सौन्दर्यलाई जोगाउन मन्त्री भट्टराई आग्रह


पोखरा, ११ भदौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखराको सौन्दर्यलाई जोगाउन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । पोखरा पर्यटन परिषद्द्वारा आज यहाँ आयोजित मन्त्री भट्टराईको स्वागत एवं गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन विषयक अन्तक्र्रियामा उहाँले विभिन्न नाममा भइरहेको अतिक्रमण एवं सुन्दरता खस्कने गरी भएका गतिविधिप्रति सबैको ध्यान पुग्नु आवश्यक रहेको बताउनुभयो ।

मन्त्री भट्टराईले फेवातालमा मिचिएको सार्वजनिक जग्गा फिर्ता गर्नुपर्ने धारणा राख्नुभयो । निर्माणाधीन पोखरा विमानस्थलको काम समयमा नै सम्पन्न हुने बताउँदै उहाँले हवाई मार्गका लागि सम्बन्धित निकायसँग पहल भइरहेको जानकारी दिनुभयो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको र अहिले पनि १०÷१२ लाख पर्यटक आइरहेको बताउँदै मन्त्री भट्टराईले उक्त सङ्ख्यामा पर्यटक आउँदैनन् भन्दै हिँड्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

नेपाल भ्रमण वर्ष लक्षित पूर्वाधार विकासमा सरकार लागिरहेको उल्लेख गर्दैै उहाँले आगामी १५ दिनभित्र नेपाल भ्रमण वर्षको प्याकेज सार्वजनिक गर्ने बताउनुभयो । नेपाल वायुसेवा निगम सम्बन्धमा देखिएका समस्या समाधान गर्दै यसलाई भरोसा गर्ने किसिमको बनाउने उहाँको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटन व्यवसायमैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गोपी भट्टराई, भरत पराजुली, लक्की कार्कीलगायतले सरकारको पर्यटन व्यवसाय मैत्री नीति तथा व्यवहार आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७६, ११ भाद्र बुधबार  ६ : ५० बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि