२०८३, १५ कार्तिक आईतबार

पोखराको सौन्दर्यलाई जोगाउन मन्त्री भट्टराई आग्रह

पोखराको सौन्दर्यलाई जोगाउन मन्त्री भट्टराई आग्रह


पोखरा, ११ भदौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखराको सौन्दर्यलाई जोगाउन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । पोखरा पर्यटन परिषद्द्वारा आज यहाँ आयोजित मन्त्री भट्टराईको स्वागत एवं गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन विषयक अन्तक्र्रियामा उहाँले विभिन्न नाममा भइरहेको अतिक्रमण एवं सुन्दरता खस्कने गरी भएका गतिविधिप्रति सबैको ध्यान पुग्नु आवश्यक रहेको बताउनुभयो ।

मन्त्री भट्टराईले फेवातालमा मिचिएको सार्वजनिक जग्गा फिर्ता गर्नुपर्ने धारणा राख्नुभयो । निर्माणाधीन पोखरा विमानस्थलको काम समयमा नै सम्पन्न हुने बताउँदै उहाँले हवाई मार्गका लागि सम्बन्धित निकायसँग पहल भइरहेको जानकारी दिनुभयो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको र अहिले पनि १०÷१२ लाख पर्यटक आइरहेको बताउँदै मन्त्री भट्टराईले उक्त सङ्ख्यामा पर्यटक आउँदैनन् भन्दै हिँड्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

नेपाल भ्रमण वर्ष लक्षित पूर्वाधार विकासमा सरकार लागिरहेको उल्लेख गर्दैै उहाँले आगामी १५ दिनभित्र नेपाल भ्रमण वर्षको प्याकेज सार्वजनिक गर्ने बताउनुभयो । नेपाल वायुसेवा निगम सम्बन्धमा देखिएका समस्या समाधान गर्दै यसलाई भरोसा गर्ने किसिमको बनाउने उहाँको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटन व्यवसायमैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गोपी भट्टराई, भरत पराजुली, लक्की कार्कीलगायतले सरकारको पर्यटन व्यवसाय मैत्री नीति तथा व्यवहार आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७६, ११ भाद्र बुधबार  ६ : ५० बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग