२०८२, ६ फाल्गुन बुधबार

वडाअध्यक्षको आयो समितिमा नरहने सामुहिक राजीनामा

वडाअध्यक्षको आयो समितिमा नरहने सामुहिक राजीनामा


बाजुरा, ६ भदौ । स्थानीय सरकार सञ्चालनको प्रचलित ऐन नियम विपरीत नगरप्रमुख र उपप्रमुखले एकलौटी निर्णय गर्ने गरेको आरोप लगाउँदै बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले आफूहरु कुनै पनि समितिमा सहभागी नहुने गरी सामूहिक राजीनामा दिएका छन् । समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएको भन्दै उनीहरुले गत बिहीबार प्रमुख र उपप्रमुखको ध्यानाकर्षण गराउँदै सामूहिक राजीनामा दिएका हुन् ।
मेयर पदम बडुवालले भने राजीनामा दिने अध्यक्षहरुलाई डाटावेशमा काम गर्न आग्रह गरेको बताउँछन् । हामीले तोकिएको सीमामा बसेर काम गर्ने हो, उनी भन्छन्, ‘नगर कार्यपालिकाको बैठकमा भएको छलफलमा उहाँहरुको असहमति छैन । दिनभर नगरकार्यपालिकाको बैठक बसेको र सझा सहमतिबाटै निर्णय भएको हो । तर बैठकाट निस्किएपछि समितिको बैठकमा सहभागी नहुने भन्नु भएको छ ।’
उता वडाअध्यक्षहरुले समिति गठन गर्दा नै एकलौटी गरेको बताएकाले हामीले शुरुदेखि नै असहमति जाहेर गर्दै आएका थियौं । गठन गरिएको समितिलाई नगरसभामा नगरप्रमुखले बहुमतबाट पास गरेर लगे पनि हाम्रो त्यसमा असहमति थियो । उनले त्यसलाई नगरसभामा लगेर पास पनि गराउन सकेका छैनन् । त्यसैले यो अवैधानिक समितिमा हामी अब सहभागी नहुने भनी राजीनामा दिएका हौं । नगरसभाले पास नगरेको समितिले कसरी मान्यता पाउँछ ? उनीहरुले मेयर समक्ष जिज्ञासा राखेका छन् । १९ सदस्यीय बडिमालिका नगरापालिकाको कार्यपालिकामा १४ जना मेयरका पक्षमा छन् भने अन्य ५ जना असहमति जनाउनेहरु छन् ।

नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित पाँच वडाध्यक्षले राजीनामा पेश गरेको वडा नं. ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिएका छन् । विधिविपरित नगरप्रमुख र उपप्रमुखसहितले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकाले राजीनामा दिएको वडा नं ९ का अध्यक्ष विनोदकुमार विकको भनाई छ ।

नगरप्रमुखले समिति गठनदेखि अरु निर्णय एकलौटीरूपमा गर्ने गरेका छन् । उनले फरक सङ्गठन र आस्थाका जनप्रतिनिधीलाई नगर कार्यपालिकामा बहुमतको दम्भ देखाउँदै एकलौटी निर्णय लाद्ने गरेको समितिबाट राजनीनामा दिने वडाका अध्यक्षहरुको आरोप छ । राजीनामा दिनेहरुमा स्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य, धर्मराज पाध्याय, नगर शिक्षा समिति सदस्य डम्मरबहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजश्व परामर्श समिति सदस्य विनोदकुमार विक र नगरस्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथ रहेका छन् ।

नगरप्रमुख पदम बडुवालले स्थानीय सरकार गठन भएदेखि नै आफूखुसी एकलौटी निर्णय गरे । उनको यस्तो शैली सच्याउन आग्रह गर्दा वास्ता गरेनन् । हामीले प्रयास गर्दा पनि नसच्चिएकाले एकलरूपमा नगरपालिका सञ्चालन गरेर देखाउन हामीले बडुवाललाई चुनौती दिएका छौं, समितिबाट राजीनामा दिनेमध्य वडा नं. २का डम्बर महतले भने । बडिमालिका नगरपालिकामा बहुमत र अल्पमतको विषयलाई लिएर बेला–बेला विवाद हुने गरिए पनि स्थानीय तह सञ्चालन निर्देशिकामा भने सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरेको देखिंदैन ।

प्रकाशित मिति : २०७६, ६ भाद्र शुक्रबार  १२ : १८ बजे

प्रश्नबाट भाग्दिन’ भन्ने गगनको चुनौती : अब परीक्षा राष्ट्रिय सभामा

काठमाडौं । गगन थापा ले राजनीतिक दलहरू प्रश्नबाट भाग्ने प्रवृत्तिको

धर्मेन्द्र बास्तोलाविरुद्ध सार्वजनिक शान्ति खलल मुद्दा दर्ता

काठमाडौँ । नेकपा बहुमतका प्रतिनिधिसभा सदस्य धर्मेन्द्र बास्तोला र विष्णुप्रसाद

ट्रिपरको ठक्करमा स्कुटर चालकको घटनास्थलमै मृत्यु, बनेपा तनावग्रस्त

काठमाडौँ । काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले

“यज्ञबहादुर बोगटी : जसले अछामी जनताको जीवन बदलिदिए”

काठमाडौं । सुन्दर सुदूरपश्चिमको अछाम, जहाँ हरियाली छ तर भौतिक

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली