२०८२, ३ माघ शनिबार

आज कृष्णजन्माष्टमी: यसरी गर्नुस् श्रीकृष्णको पूजा

आज कृष्णजन्माष्टमी: यसरी गर्नुस् श्रीकृष्णको पूजा


भाद्र मासको कृष्ण पक्षको अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउने गरिन्छ । श्रीकृष्ण भगवान् विष्णुका अवतार हुन् र घरघरमा उनको बालरूप अर्थात् बालगोपालको पूजा गरिन्छ । बालगोपालको विशेष पूजा अष्टमीको दिनमा गरिन्छ । पूजामा ध्यान दिनुपर्ने कुरा यी हुन् ।

सबभन्दा पहिले गणेशजीको विधिवत पूजा गर्नुस् । त्यसपछि श्रीकृष्णको पूजा शुरू गर्नका लागि हात जलले धुनुस् अर्थात् प्रक्षालन गर्नुस् । आफ्नो हात सफा पानीले धोएपछि श्रीकृष्णका हातमा जल अर्पित गर्नुपर्छ । सुगन्धित फूल राखिएका जलको उपयोग गर्नुपर्छ । सुगन्धित फूल भएको जलले नै बालगोपाललाई स्नान गराउनुपर्छ ।

बालगोपालसँगै गौमाताको मूर्ति पनि राख्नुपर्छ । श्रीकृष्णलाई गौमाता प्रिय छिन् । त्यसैले जन्माष्टमीमा गौमाताको पूजा गर्नुस् । गौशालामा हरियो घाँस वा नगद दान गर्नुस् । श्रीकृष्ण पूजनमा आसन एकदमै आवश्यक छ । श्रीकृष्णका लागि सुन्दर आसन उपयोग गर्नुपर्छ । आसनको रंग तेजिलो र चम्किलो हुनुपर्छ । पहेंलो, रातो र सुन्तला रंग सबभन्दा राम्रो हुन्छ । भगवान् पीताम्बरधारी हुनुहुन्छ त्यसैले उहाँलाई पहेंलो वस्त्र चढाउनुपर्छ ।

श्रीकृष्णको पाउ धुनुपर्छ र जुन भाँडोमा पाउ धोइन्छ त्यसलाई पाद्य भनिन्छ । पूजाअघि पाद्यमा स्वच्छ जल र फूल राख्नुस् । दूध, दही, घिउ, मह र चिनी मिसाएर पञ्चामृत बनाउनुस् । शुद्ध भाँडोमा पञ्चामृत भरेर भगवानलाई भोग लगाउनुस् । श्रीकृष्णलाई तुलसी नराखिकन भोग लगाउनुहुँदैन । पूजामा भगवान् श्रीकृष्णको मन्त्र कृं कृष्णाय नमः तथा ऊँ नमो भगवते वासुदेवाय जप गर्नुपर्छ ।

दूबो, कुमकुम, अक्षता चामल, अबीर, सुगन्धित फूल र शुद्ध जललाई पञ्चोपचार भनिन्छ । श्रीकृष्णको पूजामा यी कुरा आवश्यक हुन्छन् । श्रीकृष्णको पूजामा लगाइने भोगमा ताजा फलफूल, मिठाइ, लड्डु, मिश्री, खीर, तुलसीका पात र फल राख्नुपर्छ । बालगोपालको पूजामा गाईको दूधबाट बनेको घिउ उपयोग गर्नुपर्छ । दियोमा पनि घिउ उपयोग गर्नुपर्छ ।

प्रकाशित मिति : २०७६, ६ भाद्र शुक्रबार  ७ : ०२ बजे

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका