२०८३, २३ आश्विन शनिबार

सचिवहरुको सरुवा को कहाँ पुगे (नामावलीसहित)

सचिवहरुको सरुवा को कहाँ पुगे (नामावलीसहित)


काठमाडौं, ३ साउन मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले सचिवहरुको सरुवा गरेको छ । त्यसमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव साटिएका छन् ।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई श्रम मन्त्रालयमा सरुवा गरिएको स्रोतले जानकारी दिएको छ ।
यसैगरी महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । उनी गृहसचिव हुने दौडमा थिए ।

भूमि व्यवस्थाबाट सरुवा गरिएका गोपीनाथ मैनालीलाई दिइएको नयाँ जिम्मेवारीका बारेमा भने जानकारी दिइएको छैन । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सिंचाइ सचिव सञ्जय शर्माको पनि सरुवा भएको छ । उनलाई पठाइएको कार्यालयबारे पनि जानकारी दिइएको छैन ।

पर्यटन सचिव मोहनकृष्ण सापकोटाको पनि सरुवा भएको छ । उनको स्थानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई ल्याइएको स्रोतको दाबी छ ।

सरकारले सचिव सरुवाको निर्णय भने सार्वजनिक गरेको छैन । स्रोतले बताएअनुसार सोमबारको बैठकमा सरुवा हुने सचिवहरुको नाम सुनाइएको थियो । त्यसमाथि केही मन्त्रीहरुले आपत्ति जनाएपछि बुधबार अन्तिम टुंगो लगाउने गरी बैठकमा अन्य विषयमा छलफल भएको जनाइएको छ ।

केही मन्त्रालयका सचिव, प्रदेशका प्रमुख सचिव र आयोगका सचिवहरु सरुवाको सूचीमा रहेको स्रोतको दावी छ । प्रदेश–३ का प्रमुख सचिव आनन्दराज ढकाल र प्रदेश–५ का प्रमुख सचिव डा। तीर्थ ढकाल काठमाडौं आउँदै छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि सिङ्गापुर जाने भएपछि भदौ १० मा अनिवार्य अवकास पाउने राजश्व सचिव लालशंकर घिमिरेको अवकास स्वीकृति पनि सोमबार नै गरिएको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ४ : ३७ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि