२०८३, २३ आश्विन शनिबार

नेकपामा नयाँ समीकरण, एक्लिए माधव नेपाल

नेकपामा नयाँ समीकरण, एक्लिए माधव नेपाल


काठमाडौं, भदौ ३: सत्तारूढ नेकपाभित्र पार्टीमा नयाँ धुव्रीकरण देखा परेको छ। पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन्। साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समीकरण निर्माण भएको हो।

बैठकपछि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेताहरूको एउटा कित्ता र वरिष्ठ नेता माधव नेपालको एक्लो कित्ता देखा परेको छ। सचिवालयकै नेता नारायणकाजी श्रेष्ठ कतै खुलेका छैनन्। अर्का नेता रामबहादुर थापाले ओली–दाहाल एकतामै जोड गरेका छन्। नौ सदस्यीय सचिवालयको पछिल्लो समीकरणले वरिष्ठ नेता नेपाल एक्लो परेका मात्र छैनन्, १५ महिनादेखि पार्टीमा रहँदै आएको तेस्रो मर्यादाक्रम पनि खोसिएको छ।

‘पार्टीभित्रको शक्ति केन्द्रमा तरलीकृत हुने क्रम विगतदेखि नै भइरहेकै छ। पछिल्लो सचिवालय बैठकबाट पार्टीमा नयाँ समीकरण देखापरेको छ,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अन्नपूर्णसँग भने, ‘सचिवालयको निर्णयबाट सिनियर नेताहरूले कोस“ग मिल्दा पार्टीभित्र आफूलाई सहज हुन्छ, उतैतिर मिलेर पोजिसन बनाउन खोजेजस्तो देखिएको छ।’

अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालका अलगअलग तीन धार छन्। त्यसमध्ये पार्टी एकतायता नै ओली र नेपालका दुई धार अहिलेसम्म ‘परस्पर विरोधी’ देखिएका छन्। अध्यक्ष दाहालले भने कहिले ओलीसँग त कहिले नेपालसँगको गठजोड गर्दै आएका छन्। पछिल्लो सचिवालय बैठकपछि नेपाल एक्ला देखिएका छन् भने ओली–दाहाल मिलेका छन्।

यो पटक नेकपाभित्रको समीकरण निर्माणमा नयाँ ढंगले धुव्रीकरणको विकास भएको छ। वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमकै नाफाघाटालाई लिएर धार बनाउने–भत्काउने क्रम चलेको छ। प्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्ला दिनमा पार्टी सचिवालयमा आफू अप्ठ्यारोमा परेको ठानिरहेका थिए। अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहितका नेताहरूको एउटा धुव्र बनिरहेको विषयमा ओली जानकार थिए।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ७ : १६ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि