२०८३, ३० जेष्ठ आईतबार

नेकपाले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगायो (सूची सहित)

नेकपाले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगायो (सूची सहित)


काठमाडौं १ भदौ : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीले आफ्ना जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज लगायत अध्यक्ष, सचिवको टुंगो लगाएको छ । आइतवार बालुवाटारमा बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्वको टुंगो लगाएको हो।


सचिवालय बैठले युवा संगठनको इन्चार्जमा महेश बस्नेतलाई तोकेको छ। युवाको सहइन्चार्जमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ चयन भएका छन्। पेशागत संगठनको इन्चार्जमा पम्फा भुसाललाई चयन गरेको छ पेशागत संगठनको सहइन्चार्जमा विश्वनाथ प्याकुरेल छानिएका छन्।

किसान संगठनको इन्चार्जमा वामदेव गौतम तोकिएका छन्। महिलाको इन्चार्जको जिम्मेवारी गोमा देवकोटालाई दिइएको छ। जनवर्गीय संगठनको नेतृत्व चयन गरिएको कुरामा नेता माधवकुमार नेपालको असन्तुष्टि देखिएको छ । बैठकमा उनले नोट अफ डिसेन्ट लेखेका छन्।

कुन संगठनको नेतृत्वमा को ?
उपत्यका विशेष कमिटी
इन्चार्ज– लिलामणि पोखरेल
सहइन्चार्ज– भानुभक्त ढकाल र अरुण नेपाल
अध्यक्ष राजन भट्टराई सचिवमा
लेखनाथ न्यौपाने
युवा तथा विद्यार्थी विशेष कमिटी
इन्चार्ज माधव ढुंगेल
सहइन्चार्ज कृष्ण केसी
अध्यक्ष रमेश मल्ल र
सचिव सुनिता बराल
मजदुर विशेष जिल्ला कमिटी
इन्चार्ज विना श्रेष्ठ
सहइन्चार्ज कुमार पौडेल
अध्यक्ष जगत सिंखडा
सचिव नरनाथ लुइँटेल
पेशागत
इन्चार्ज केशव नेपाल,
सहइन्चार्ज प्रमेख खनाल
अध्यक्ष प्रेम पराजुली
उद्योगी व्यवसायी विशेष कमिटी
इन्चार्ज पार्वत गुरुङ
सह इन्चार्ज शशी श्रेष्ठ
सचिव चन्द्र रिजाल
केन्द्रीय सम्पर्क समन्वय कमिटी
इन्चार्ज छविलाल विश्वकर्मा
सहइन्चार्ज डिलाराम आचार्य, झक्कु सुवेदी
ट्रेड युनियन महासंघ
इन्चार्ज जयपुरी घर्ती
सहइन्चार्ज विनोद श्रेष्ठ
किसान
इन्चार्ज बामदेव गौतम
सहइन्चार्ज सुनिल मानन्धर
महिला
इन्चार्ज गोमा देवकोटा
सहइन्चार्ज कमला रोक्का
युवा इन्चार्ज महेश बस्नेत
सहइन्चार्ज रामप्रसाद सापकोटा’दिपशिखा’
विद्यार्थी
इन्चार्ज हितमान शाक्य
सह(इन्चार्ज विनोद ढकाल
बुद्धिजीवी
इन्चार्ज अग्नि सापकोटा
सहइन्चार्ज टंक कार्की
पेशागत महासंघ
इन्चार्जपम्फा भुसाल
सहइन्चार्ज विश्वनाथ प्याकुरेल

प्रकाशित मिति : २०७६, १ भाद्र आईतबार  १० : ४५ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा