२०८३, २ आश्विन शनिबार

यो वर्षदेखि सरकारका काम तीव्ररूपमा अघि बढ्छन् : मस्त्री बाँस्कोटा

यो वर्षदेखि सरकारका काम तीव्ररूपमा अघि बढ्छन् : मस्त्री बाँस्कोटा


पर्वत, ३२ साउन: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षदेखि सरकारले आफ्नो कामलाई तीव्रगतिमा अघि बढाउने बताउनुभएको छ । प्रेस सङ्गठन पर्वतले आज साँझ गरेको पत्रकार भेटघाटमा सञ्चारमन्त्री बाँस्कोटाले गत वर्षसम्म संविधान कार्यान्वयन र विभिन्न ऐन कानून बनाउनका लागि सरकारले समय खर्चिएको बताउँदै अब हरेक क्षेत्रमा तीव्ररूपमा काम हुने बताउनुभयो । मन्त्री बाँस्कोटाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक तुल्याउनका लागि पनि अब कछुवाको गतिमा होइन, खरायोको गतिमा काम हुने बताउनुभयो ।

विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्ने गरी सरकार लागिरहेको बताउँदै उहाँले अब कुनै पनि क्षेत्रमा सञ्चालित आयोजनाबिना अवरोध द्रुतगतिमा सम्पन्न गर्ने गरी सरकारले योजनाबद्ध ढङ्गले अघि बढ्न लागेको बताउनुभयो ।मन्त्री बाँस्कोटाले भन्नुभयो, “कुनै पनि काममा ढिलासुस्ती गर्ने छुट अब रहँदैन ।” उहाँले दुईतिहाइ बहुमतको यो सरकारलाई जनताले माफी नदिने बताउँदै विगतमा नेपाली काङ्ग्रेसले बिगारेको ‘सिष्टम’ सम्हाल्नै दुई वर्ष लागेको बताउनुभयो । “अब मुलुक पूरै विधि र प्रणालीबाट अघि बढ्छ”, उहाँले भन्नुभयो । अहिलेसम्म सरकारका गतिविधि सन्तोषजनक रहेको बताउँदै उहाँले बाँकी तीन वर्षमा तत्कालीन चुनावअघिको घोषणालाई पूरा गर्नेगरी काम गरिने बताउनुभयो ।

ढिलो भए पनि नेकपा एकीकरणले पूर्णता पाएको उल्लेख गर्दै उहाँले सरकार र पार्टी अब एक मन एकताका साथ काममा सक्रिय हुने दावी गर्नुभयो । मन्त्री बाँस्कोटाले दुईतिहाइको सरकार देखेर काङ्ग्रेस अत्तालिएको बताउनुभयो । उहाँले सरकारलाई अनेक लाञ्छना लगाएर काङ्ग्रेसले जनतामा भ्रम सिर्जना गरेको बताउँदै हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेपाली काङ्ग्रेसकै नेतृत्वको सरकारका पालामा मुलुकमा बढी भ्रष्टाचार भएको बताउनुभयो । उहाँले पछिल्लो समय धमाधम भ्रष्टाचारीहरु समातिन थालेको बताउँदै अख्तियारलाई सक्रिय बनाइएकाले भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने काम भइरहेको बताउनुभयो ।

अर्को प्रसङ्गमा बोल्दै उहाँले आमसञ्चार माध्यमलाई व्यवस्थित गर्न सञ्चार ऐन ल्याउन लागिएको बताउनुभयो । सबैको हित हुने गरी सञ्चार ऐन ल्याइने बताउँदै उहाँले हरेक क्षेत्रमा देखिएको आन्तरिक तथा बाह्य चुनौतीले धेरै समस्या सिर्जना गरेको बताउनुभयो । उहाँले राष्ट्रियसभामा पेश भएको मस्यौदा सबैको सहमतिको आधारमा पारित गरिने बताउनुभयो । मान्त्री बाँस्कोटाले कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीलाई अप्ठ्यारो पर्ने गरी नीति नल्याइने बताउँदै सबैका मागलाई सम्बोधन गरिने बताउनुभयो ।

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  ९ : ३२ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी