२०८३, ३० जेष्ठ आईतबार

जनप्रतिनिधिहरु सुविधाभोगी नहुनुस् : मन्त्री पण्डित

जनप्रतिनिधिहरु सुविधाभोगी नहुनुस् : मन्त्री पण्डित


बागलुङ, ३२ साउन: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिहरुलाई सुविधाभोगी नबन्न आग्रह गर्नुभएको छ । जिल्ला वडा सङ्घ बागलुङको प्रथम प्रारम्भिक भेलालाई आज सम्बोधन गर्दै उहाँले अत्यावश्यक र न्यूनतम सुविधा लिएर जनताको सेवामा खट्न आग्रह गर्नुभयो ।“जनताभन्दा माथि हामी कोही छैनौँ, जनतालाई हामीले भगवान् मानेर आएको हो”, उहाँले भन्नुभयो, “भगवान्लाई नै पन्छाएर अगाडि बढ्यौँ भने हामीले कसलाई पूज्ने ?” जनभावनाको कदर गर्न नसके आफ्नै राजनीतिक भविष्य समाप्त हुने मन्त्री पण्डितको भनाइ छ ।

जनप्रतिनिधिले विकास र सेवा प्रवाहलाई चुस्त तथा प्रभावकारी बनाउन सके मात्र स्थानीय तह सफल हुने उहाँको धारणा थियो । स्थानीय तहलाई भौतिक र प्रशासिनक रुपले थप सशक्त बनाइने मन्त्री पण्डितले बताउनुभयो ।

भाडाका भवनबाट सञ्चालित हुनुपर्ने स्थानीय तहको बाध्यता हट्ने उहाँको भनाइ छ । मन्त्री पण्डितले स्थानीय तहका सहित सबै निजामती कर्मचारीको क्षमता विकासका लागि केन्द्र र सातै प्रदेशमा स्थानीय प्रशिक्षण प्रतिष्ठान खोल्ने तयारी भएको बताउनुभयो । उहाँले थप विज्ञापन खोल्नका लागि तयारी अगाडि बढेको उल्लेख गर्नुभयो । भेलामा जिल्लाका ८५ वटै वडाका अध्यक्षलगायत जनप्रतिनिधिको सहभागिता छ । भेलाले जिल्ला वडा सङ्घको प्रारम्भिक समिति गठन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  ९ : १० बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा