२०८३, २ आश्विन शनिबार

काभ्रेमा वाम निकट निर्माण व्यवसायीको भेला सकियो, कमिटीमा को को छानिए ?

काभ्रेमा वाम निकट निर्माण व्यवसायीको भेला सकियो, कमिटीमा को को छानिए ?


काभ्रे, ३२ साउन : काभ्रेमा आज नेकपा निकट निकट निर्माण व्यबसायी संगठनको एकता भेला सम्पन्न भएको छ । बनेपामा आयोजित एकता भेलाले प्रल्हाद चौंलागाईंलाई जिल्ला कार्यसमितिको नेतृत्व दिएको छ । एकता भेलाले चौलागाईको नेतृत्वमा १७ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ ।

जिल्ला कार्यसमितिको अन्य पदाधिकारीहरुमा सह–संयोजकमा सुदिप गौतम र देवराज लामा, सचिवमा विश्वमणी धिताल र नरबहादुर वाइवा, कोषाध्यक्षमा टिकाबहादुर तामाङ चयन भएका छन् । समितिको सदस्यहरुमा केसरमान तामाङ, स्वस्तिक व्याञ्जू, प्रेम तामाङ, मुकुन्द तिमल्सिना, आनन्द बल, नारायण गौतम, रामेश्वर थापा, विकास लामा, संञ्जय लामा, राकेश श्रेष्ठ र नरेश घिसिङ छानिएका छन् ।

भेलाको एकता सम्पन्न भएपछि संगठनको नाम नेपाल निर्माण व्यवसायी संगठन भएको छ । कार्यक्रमको आयोजना नेपाल निर्माण व्यवसायी संगठन प्रदेश नम्बर ३ ले गरेको थियो । काभ्रेमा निर्माण व्यवासायमा संलग्न सबैजसोको सक्रिय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधी मन्त्री सरकारका प्रवक्ता तथा नेकपा काभ्रेका इन्चार्ज गोकुल बाँस्कोटाले गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभाका सांसद गंगाबहादुर तामाङ, नविना लामा, प्रदेश सांसदहरु रत्न ढकाल, चन्द्र लामा, बसुन्धारा हुमागाईं र लक्ष्मण लाम्साल लगायतले सहभागीता जनाएका थिए । कार्यक्रमका अधिकांश वक्ताले नेकपा काभ्रेको एकता प्रकृयाका बारेमा आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  ७ : २२ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी