२०८२, १२ माघ सोमबार

काभ्रेमा वाम निकट निर्माण व्यवसायीको भेला सकियो, कमिटीमा को को छानिए ?

काभ्रेमा वाम निकट निर्माण व्यवसायीको भेला सकियो, कमिटीमा को को छानिए ?


काभ्रे, ३२ साउन : काभ्रेमा आज नेकपा निकट निकट निर्माण व्यबसायी संगठनको एकता भेला सम्पन्न भएको छ । बनेपामा आयोजित एकता भेलाले प्रल्हाद चौंलागाईंलाई जिल्ला कार्यसमितिको नेतृत्व दिएको छ । एकता भेलाले चौलागाईको नेतृत्वमा १७ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ ।

जिल्ला कार्यसमितिको अन्य पदाधिकारीहरुमा सह–संयोजकमा सुदिप गौतम र देवराज लामा, सचिवमा विश्वमणी धिताल र नरबहादुर वाइवा, कोषाध्यक्षमा टिकाबहादुर तामाङ चयन भएका छन् । समितिको सदस्यहरुमा केसरमान तामाङ, स्वस्तिक व्याञ्जू, प्रेम तामाङ, मुकुन्द तिमल्सिना, आनन्द बल, नारायण गौतम, रामेश्वर थापा, विकास लामा, संञ्जय लामा, राकेश श्रेष्ठ र नरेश घिसिङ छानिएका छन् ।

भेलाको एकता सम्पन्न भएपछि संगठनको नाम नेपाल निर्माण व्यवसायी संगठन भएको छ । कार्यक्रमको आयोजना नेपाल निर्माण व्यवसायी संगठन प्रदेश नम्बर ३ ले गरेको थियो । काभ्रेमा निर्माण व्यवासायमा संलग्न सबैजसोको सक्रिय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधी मन्त्री सरकारका प्रवक्ता तथा नेकपा काभ्रेका इन्चार्ज गोकुल बाँस्कोटाले गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभाका सांसद गंगाबहादुर तामाङ, नविना लामा, प्रदेश सांसदहरु रत्न ढकाल, चन्द्र लामा, बसुन्धारा हुमागाईं र लक्ष्मण लाम्साल लगायतले सहभागीता जनाएका थिए । कार्यक्रमका अधिकांश वक्ताले नेकपा काभ्रेको एकता प्रकृयाका बारेमा आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  ७ : २२ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै