२०८२, २२ जेष्ठ बिहीबार

अब करको दर बढाउने ठाउँ छैन : अर्थमन्त्री

अब करको दर बढाउने ठाउँ छैन : अर्थमन्त्री


काभ्रे, ३१ साउन : अर्थमन्त्री डा युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आन्तिरिक राजश्व कार्यालयको उद्घाटनमा उहाँले अघिल्लो वर्षमा करको दरहरु बढाउने सन्दर्भमा आयकरको दर मात्रै बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सबैभन्दा बढी रु २० लाखभन्दा बढीको आयकर ३६ प्रतिशत छ, अब केही वर्ष यसको पुनरावलोकन गर्नुपर्ने छैन ।” संस्थागत आयकर र मुल्य अभिवृद्धि कर नबढाएको उल्लेख गर्दै उहाँले त्यसको अझैसम्म परिवर्तन नगरेको बताउनुभयो ।

करको दर नबढेको तर सङ्घीय संरचनामा जाँँदा तीन वटा सरकारलाई एक्लो सरकार देख्ने र प्रदेश र स्थानीय तहमा उठाउनुपर्ने करलाई सङ्घको सरकारको करसँग जोडेर सरकारले बढी कर लगाएको रहेछ भनेर एक वर्षको बीचको अनुभवले देखाएको उहाँले बताउनुभयो । स्थानीय लेखा नम्बर व्यवसाय गर्नेहरुका लागि अनिवार्य पत्र भएकाले ‘आम्दानी हुँदा तिर नहुँदा नतिर भन्ने उद्देश्यबाट’ व्यक्तिगत स्थायी लेखा नम्बरको व्यवस्था प्रयोगमा ल्याएको उहाँले बताउनुभयो । मन्त्री खतिवडाले व्यवसायीलाई पनि स्वच्छ, पादर्शी र प्रतिस्पर्धी व्यवसाय गर्ने अवसर प्रदान गर्न सरकार तयार रहेको बताउनुभयो ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याजुले करको सन्दर्भमा भ्रम र फरक ढङ्गले ब्याख्या गरेको पाइएको उल्लेख गर्दै संविधानले लेखेको भन्दा फरक ढङ्गले कहीँ पनि कर नलिएको बताउनुभयो । राजश्व सचिव लालशङ्कर घिमिरेले जनतालाई राज्यको उपस्थिति नजिकको घरदैलोबाट नै दिनुपर्छ भन्ने उद्देश्यले धुलिखेलमा आन्तरिक राजश्व कार्यालयको स्थापना गरेको बताउनुभयो ।

काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश मानन्धरले पहिला बाहिर जिल्लामा गएर कर तिर्नुपर्नेमा अहिले आफ्नै जिल्लामा तिर्न पाउँदा खुशी लागेको बताउनुभयो ।आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले जनतालाई सहज ढङ्गले सेवा सुविधा प्रदान गर्नका लागि धुलिखेलमा आन्तरिक राजश्व कार्यालय स्थापना गरिएको बताउनुभयो ।

कार्यालय अहिले स्तरोन्नति गरेर आन्तरिक राजश्व कार्यालयको रुपमा स्थापना भएको आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले बताउनुभयो । उहाँले करदाताहरुमा शिक्षातर्फ १०४ वटा, स्वास्थ्यतर्फ ४८, अन्तशुल्कतर्फ एक हजार २८६, आयकरतर्फ ३४ हजार ४८, व्यक्तिगत प्यान लिनेको सङ्ख्या १२ हजार ८२७, भ्याटमा दर्ता पाँच हजार १६८ र अन्यमा एक वटा दर्ता भएको उहाँको भनाइ छ । रासस

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ८ : ४६ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक