२०८३, २३ आश्विन शनिबार

अब करको दर बढाउने ठाउँ छैन : अर्थमन्त्री

अब करको दर बढाउने ठाउँ छैन : अर्थमन्त्री


काभ्रे, ३१ साउन : अर्थमन्त्री डा युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आन्तिरिक राजश्व कार्यालयको उद्घाटनमा उहाँले अघिल्लो वर्षमा करको दरहरु बढाउने सन्दर्भमा आयकरको दर मात्रै बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सबैभन्दा बढी रु २० लाखभन्दा बढीको आयकर ३६ प्रतिशत छ, अब केही वर्ष यसको पुनरावलोकन गर्नुपर्ने छैन ।” संस्थागत आयकर र मुल्य अभिवृद्धि कर नबढाएको उल्लेख गर्दै उहाँले त्यसको अझैसम्म परिवर्तन नगरेको बताउनुभयो ।

करको दर नबढेको तर सङ्घीय संरचनामा जाँँदा तीन वटा सरकारलाई एक्लो सरकार देख्ने र प्रदेश र स्थानीय तहमा उठाउनुपर्ने करलाई सङ्घको सरकारको करसँग जोडेर सरकारले बढी कर लगाएको रहेछ भनेर एक वर्षको बीचको अनुभवले देखाएको उहाँले बताउनुभयो । स्थानीय लेखा नम्बर व्यवसाय गर्नेहरुका लागि अनिवार्य पत्र भएकाले ‘आम्दानी हुँदा तिर नहुँदा नतिर भन्ने उद्देश्यबाट’ व्यक्तिगत स्थायी लेखा नम्बरको व्यवस्था प्रयोगमा ल्याएको उहाँले बताउनुभयो । मन्त्री खतिवडाले व्यवसायीलाई पनि स्वच्छ, पादर्शी र प्रतिस्पर्धी व्यवसाय गर्ने अवसर प्रदान गर्न सरकार तयार रहेको बताउनुभयो ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याजुले करको सन्दर्भमा भ्रम र फरक ढङ्गले ब्याख्या गरेको पाइएको उल्लेख गर्दै संविधानले लेखेको भन्दा फरक ढङ्गले कहीँ पनि कर नलिएको बताउनुभयो । राजश्व सचिव लालशङ्कर घिमिरेले जनतालाई राज्यको उपस्थिति नजिकको घरदैलोबाट नै दिनुपर्छ भन्ने उद्देश्यले धुलिखेलमा आन्तरिक राजश्व कार्यालयको स्थापना गरेको बताउनुभयो ।

काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश मानन्धरले पहिला बाहिर जिल्लामा गएर कर तिर्नुपर्नेमा अहिले आफ्नै जिल्लामा तिर्न पाउँदा खुशी लागेको बताउनुभयो ।आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले जनतालाई सहज ढङ्गले सेवा सुविधा प्रदान गर्नका लागि धुलिखेलमा आन्तरिक राजश्व कार्यालय स्थापना गरिएको बताउनुभयो ।

कार्यालय अहिले स्तरोन्नति गरेर आन्तरिक राजश्व कार्यालयको रुपमा स्थापना भएको आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले बताउनुभयो । उहाँले करदाताहरुमा शिक्षातर्फ १०४ वटा, स्वास्थ्यतर्फ ४८, अन्तशुल्कतर्फ एक हजार २८६, आयकरतर्फ ३४ हजार ४८, व्यक्तिगत प्यान लिनेको सङ्ख्या १२ हजार ८२७, भ्याटमा दर्ता पाँच हजार १६८ र अन्यमा एक वटा दर्ता भएको उहाँको भनाइ छ । रासस

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ८ : ४६ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि