२०८३, १ आश्विन शुक्रबार

नेकपाले ३३ विभाग टुंग्यायो : वामदेवलाई संगठन, ईश्वरलाई स्कुल र नारायणकाजीलाई प्रचार विभाग

नेकपाले ३३ विभाग टुंग्यायो : वामदेवलाई संगठन, ईश्वरलाई स्कुल र नारायणकाजीलाई प्रचार विभाग


काठमाडौं ३१ साउन : विवादकाबीच नेकपाको सचिवालय बैठकले विभिन्न ३३ विभागको नेतृत्व टुंग्याएको छ । विवादित बनेको स्कुल विभागको नेतृत्व उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले पाएका छन् भने अर्का दावेदार नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग दिइएको छ । स्कुल विभागमा स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाल समेतको दावी रहेको थियो ।

सचिवालय बैठकले विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठान विभाग झलनाथ खनाल, संगठन विभागमा वामदेव गौतमलाई उपाध्यक्षाको समेत जिम्मेवारी दिने सहमति भएको छ । सचिवालय बैठकले वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लैजाने नेकपा सचिवालय स्रोतले जनाएको छ। तीन दिनदेखि लगातार सर्दै आएको नेकपा सचिवालयको बैठक शुक्रबार बिहान ११ बजेपछि बसेको थियो। बिहीबारको बैठक अन्तिम समयमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण स्थगित भएको थियो। साउन १८ गते उपचारका लागि भन्दै प्रधानमन्त्री ओली सिंगापुर गएका थिए। त्यहाँ पनि पूर्वनिर्धारितभन्दा तीन दिन बढी बसेर प्रम ओली फर्किएका थिए।

साउन १३ पछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन। प्रधानमन्त्री सिंगापुर भ्रमणबाट फर्किएपछि पटकपटक बैठक स्थगित भएको थियो। यसअघि साउन २८ र २९ गते बोलाइएको बैठक पनि अन्तिम समयमा ओलीको स्वास्थय अवस्थाका कारण स्थगित भएको थियो।

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ४ : ११ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी