२०८३, ७ कार्तिक शनिबार

विश्वविद्यालयका विद्यार्थी उत्रिए आन्दोलनमा

विश्वविद्यालयका विद्यार्थी उत्रिए आन्दोलनमा


काठमाडौं २५ साउन : त्रिभुवन विश्वविद्यालयका विद्यार्थी अन्दोलनमा उत्रिएका छन् । विगत ९ वर्ष देखि पदस्थापना र नेपाल स्वास्थ्य व्यवसायी परिषदमा नामदर्ताको माग गर्दै आन्दोलनमा उत्रेका हुन ।

विश्वविद्यालयमा विज्ञान तथा प्रविधी अध्ययन संस्थान अन्तर्गतका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए । माइतीघर मण्डलामा विरोध प्रदर्शनलाई सम्बोधन गदै माइक्रोवायोलोजी संघर्ष समितिका अध्यक्ष संजिव धितालले भने “बीस हजार भन्दा बढी स्नातक तह र तिन हजार भन्दा बढी स्नातकोत्तर तह उतिर्ण जनशक्तिलाई स्वदेशमै पदस्थाना गर्नुपर्ने बताए ।”

आन्दोलनरत अर्को संस्था सुक्ष्मजीव विज्ञान विद्यार्थी संघ(मिसन) नेपालका अध्यक्ष भुपेन्द्र लामाले विश्वविद्यालयले दक्ष भनी प्रमाणपत्र दिएका विद्यार्थीलाई व्यवसायी परिषदले नाम दर्तामा रोक लगाएकाले विरोध प्रदर्शन गर्नु परेको बताए ।

विश्वविद्यालयबाट सम्बन्ध प्राप्त आङ्गिक एवं अन्य क्याम्पसहरुमा सन् १९९० देखि माइक्रोवायोलोजी अन्तर्गत मेडिकल, पब्लिक हेल्थ, फुड एण्ड इन्डस्टृयल र एग्रीकल्चरल माइक्रोवायोलोजी गरी चार विशिष्टिकृत विषयहरुमा स्नातकोत्तर तहको अध्ययन हुदै आएका छन् ।

प्रकाशित मिति : २०७६, २५ श्रावण शनिबार  १० : ३३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना