२०८३, ३ आश्विन आईतबार

विश्वविद्यालयका विद्यार्थी उत्रिए आन्दोलनमा

विश्वविद्यालयका विद्यार्थी उत्रिए आन्दोलनमा


काठमाडौं २५ साउन : त्रिभुवन विश्वविद्यालयका विद्यार्थी अन्दोलनमा उत्रिएका छन् । विगत ९ वर्ष देखि पदस्थापना र नेपाल स्वास्थ्य व्यवसायी परिषदमा नामदर्ताको माग गर्दै आन्दोलनमा उत्रेका हुन ।

विश्वविद्यालयमा विज्ञान तथा प्रविधी अध्ययन संस्थान अन्तर्गतका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए । माइतीघर मण्डलामा विरोध प्रदर्शनलाई सम्बोधन गदै माइक्रोवायोलोजी संघर्ष समितिका अध्यक्ष संजिव धितालले भने “बीस हजार भन्दा बढी स्नातक तह र तिन हजार भन्दा बढी स्नातकोत्तर तह उतिर्ण जनशक्तिलाई स्वदेशमै पदस्थाना गर्नुपर्ने बताए ।”

आन्दोलनरत अर्को संस्था सुक्ष्मजीव विज्ञान विद्यार्थी संघ(मिसन) नेपालका अध्यक्ष भुपेन्द्र लामाले विश्वविद्यालयले दक्ष भनी प्रमाणपत्र दिएका विद्यार्थीलाई व्यवसायी परिषदले नाम दर्तामा रोक लगाएकाले विरोध प्रदर्शन गर्नु परेको बताए ।

विश्वविद्यालयबाट सम्बन्ध प्राप्त आङ्गिक एवं अन्य क्याम्पसहरुमा सन् १९९० देखि माइक्रोवायोलोजी अन्तर्गत मेडिकल, पब्लिक हेल्थ, फुड एण्ड इन्डस्टृयल र एग्रीकल्चरल माइक्रोवायोलोजी गरी चार विशिष्टिकृत विषयहरुमा स्नातकोत्तर तहको अध्ययन हुदै आएका छन् ।

प्रकाशित मिति : २०७६, २५ श्रावण शनिबार  १० : ३३ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका