२०८२, १५ असार आईतबार

अबको दशक समृद्धि र विकासको : अध्यक्ष दाहाल

अबको दशक समृद्धि र विकासको : अध्यक्ष दाहाल


काठमाडौँ, २५ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक समृद्धि र विकासको दशक भएको बताउनुभएको छ ।ढिलै भए पनि पार्टी एकतालाई अन्तिम रुप दिने ठाउँमा आइपुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले कम्युनिष्टको सरकार सबैका लागि अवसर भएको जिकिर गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ््घ नेपालद्वारा आयोजित चौँथो सामुदायिक वन दिवसलाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपाली जनताले शक्तिशाली सरकार बनाएका छन्, हामी असफल भयौँ भने नेपाल राष्ट्र असफल हुन्छ, राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ ।”

उहाँले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली जनतालाई राहत दिनका लागि र सेवा प्रदान गर्नका लागि हो भन्नुभयो । सबैबाट कर उठाएर भार जनताको थाप्लोमा थोपर्ने उद्देश्य सरकारको नभएको उहाँको भनाइ थियो । सबै प्रगतिशील, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कामलाई अगाडि बढाउने अहिले राम्रो अवसर भएको उहाँले बताउनुभयो ।

वन पैदावरको वैज्ञानिक व्यवस्थापनका लागि अझ धेरै गर्न बाँकी रहेकाले आफूहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानअनुसारको निर्वाचन र त्यसअन्तर्गत ऐन नियमको निर्माणको प्रक्रियामा रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २५ श्रावण शनिबार  ७ : ३८ बजे

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ