२०८२, २५ भाद्र बुधबार

१८ प्रतिशतले बढाइयो उच्चपदस्थको तलब

१८ प्रतिशतले बढाइयो उच्चपदस्थको तलब


काठमाडौं, १८ साउन: सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो ।

सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी)को तलब वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि नायव सुब्बासम्मको २० र अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको थियो । त्यति बेला सरकारले विशिष्ट पदाधिकारीकारीको वृद्धि गरेको थिएन । पदाधिकारीको सेवा सुविधा छुट्टै ऐनका आधारमा तोकिने भएकाले बजेट भाषणका क्रममा तलब वृद्धि नगरिएको हो ।

स्रोतअनुसार राष्ट्रध्यक्षको तलब मासिक २७ हजार ८१ लाख रुपैयाँ बढेको छ । राष्ट्रपतिको तलब १ लाख ५० हजार ४०० बाट बढेर १ लाख ७७ हजार ५३१ पुगेको छ । उपराष्ट्रपतिको तलब मासिक १ लाख ६ हजार ३० बाट बढेर १ लाख १५ हजार ११५ पुगेको छ । त्यसैगरी प्रधानमन्त्रीको तलव ७७ हजार २८० बाट बढेर ९१ हजार १९० पुगेको छ । यो समाचार कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १८ श्रावण शनिबार  ७ : ०३ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा