२०८२, २२ कार्तिक शुक्रबार

गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न २५ हजार

गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न २५ हजार


चिप्लेढुङ्गा, १७ साउन : गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सफल बनाउन र घुम्ने संस्कृतिको विकास गर्न गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ । प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमन्त्री विकास लम्सालले हरेक कर्मचारीलाई एक हप्ता घुम्नका लागि भन्दै रु २५ हजारका दरले रकम उपलब्ध गराउने गरी बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।

नेपालभित्र धेरै सुन्दर ठाउँ रहेकाले त्यस ठाउँको पर्यटन प्रवद्र्धन गर्न कर्मचारीलाई ‘रिफ्र्समेन्ट’ पनि हुने भएकाले यो सुविधा प्रदान गर्न लागिएको मन्त्री लम्सालको भनाइ छ । उहाँका अनुसार घुम्न गएका कर्मचारीले नेपालभित्रका जुनसुकै स्थानमा जान पाउने र भ्रमणपछि उक्त स्थानको फोटो तथा भ्रमण प्रतिवेदन पेश गर्नुपर्नेछ ।

गण्डकी प्रदेशमा दुई हजार २०० कर्मचारीको दरबन्दी रहेकामा एक हजार ७०० कर्मचारी अहिले कार्यरत छन् । पर्यटनलाई प्रमुख समृद्धिको आधार मानेर गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष घोषणा गरेको सात महीना बितेको छ । प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्ष, सन् २०२१ लाई पूर्वाधार विकास वर्ष र २०२२ लाई वृहत प्रदेश पर्यटन वर्षको रुपमा मनाउने योजना अघि सारेको छ ।

सन् २०२२ सम्म गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना प्रदेश सरकारको छ । विसं २०७५ माघ ९ गते घोषणा गरिएको आन्तरिक भ्रमण वर्षको सात महीना बितेपछि गत असार १७ गते बसेको पहिलो बैठकले जुद्ध गुरुङलाई कार्यक्रम संयोजक तोकेको थियो । प्रदेशभित्रका सबै जिल्ला समन्वय समितिका प्रमुख स्थानीय तहका प्रमुख, पर्यटन व्यवसायी, नागरिक समाज सम्मिलित १५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार  ७ : ४४ बजे

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंमा

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका