२०८३, ३० जेष्ठ आईतबार

गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न २५ हजार

गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न २५ हजार


चिप्लेढुङ्गा, १७ साउन : गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सफल बनाउन र घुम्ने संस्कृतिको विकास गर्न गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ । प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमन्त्री विकास लम्सालले हरेक कर्मचारीलाई एक हप्ता घुम्नका लागि भन्दै रु २५ हजारका दरले रकम उपलब्ध गराउने गरी बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।

नेपालभित्र धेरै सुन्दर ठाउँ रहेकाले त्यस ठाउँको पर्यटन प्रवद्र्धन गर्न कर्मचारीलाई ‘रिफ्र्समेन्ट’ पनि हुने भएकाले यो सुविधा प्रदान गर्न लागिएको मन्त्री लम्सालको भनाइ छ । उहाँका अनुसार घुम्न गएका कर्मचारीले नेपालभित्रका जुनसुकै स्थानमा जान पाउने र भ्रमणपछि उक्त स्थानको फोटो तथा भ्रमण प्रतिवेदन पेश गर्नुपर्नेछ ।

गण्डकी प्रदेशमा दुई हजार २०० कर्मचारीको दरबन्दी रहेकामा एक हजार ७०० कर्मचारी अहिले कार्यरत छन् । पर्यटनलाई प्रमुख समृद्धिको आधार मानेर गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष घोषणा गरेको सात महीना बितेको छ । प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्ष, सन् २०२१ लाई पूर्वाधार विकास वर्ष र २०२२ लाई वृहत प्रदेश पर्यटन वर्षको रुपमा मनाउने योजना अघि सारेको छ ।

सन् २०२२ सम्म गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना प्रदेश सरकारको छ । विसं २०७५ माघ ९ गते घोषणा गरिएको आन्तरिक भ्रमण वर्षको सात महीना बितेपछि गत असार १७ गते बसेको पहिलो बैठकले जुद्ध गुरुङलाई कार्यक्रम संयोजक तोकेको थियो । प्रदेशभित्रका सबै जिल्ला समन्वय समितिका प्रमुख स्थानीय तहका प्रमुख, पर्यटन व्यवसायी, नागरिक समाज सम्मिलित १५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार  ७ : ४४ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा